Pushpa Basnet awarded CNN Super Hero

Pushpa Basnet awarded CNN Super Hero

Dec 13, 2016

नेपालकी पुष्पा बस्नेतले सीएनएन सुपर हिरो जितेकी छिन् । सीएनएनले अवार्ड वितरण गरेको १० वर्ष पुगेको अवसर पारेर अवार्ड विजेताहरुमध्येबाट सीएनएन ‘सुपर हिरो’ छानेको हो ।

 

नेपालकी पुष्पा बस्नेतले सीएनएन सुपर हिरो जितेकी छिन् । सीएनएनले अवार्ड वितरण गरेको १० वर्ष पुगेको अवसर पारेर अवार्ड विजेताहरुमध्येबाट सीएनएन ‘सुपर हिरो’ छानेको हो ।

पुष्पाले यसअघिका चार सीएनएन हिरोहरुलाई पछि पार्दै सीएनएन सुपर हिरो छानिएकी हुन् । उनले सन् २००८ की लीज म्याककार्टनी, २००९ का इफरिन फेनाफ्रलोरिडा, सन् २०१ की रोविन लिम र सन् २०१३ का चाड प्रिजेकलाई पछि पार्द अवार्ड हात पारेकी हुन् । पुष्पाले सन् २०१२ मा सीएनएन हिरो अवार्ड जितेकी थिइन् ।

उनी प्रारम्भिक बाल विकास केन्द्र र पुतली घर नामक संस्थाकी संस्थापक अध्यक्ष हुन्। उनी र उनको संस्थाले विभिन्न कारणले कैदमा परेका अभिभावकका छोराछोरीको अधिकारको सुरक्षा गर्ने काम गर्दछ।

Source: Onlinekhabar

Loading Comments...


Submit your comments