६११ जनालाई शिक्षक आयोग अन्तर्गत रोजगारी को अवसर ||

६११ जनालाई शिक्षक आयोग अन्तर्गत रोजगारी को अवसर ||

Mar 17, 2016

भक्तपुर - माध्यमिक तहमा शिक्षक नियुक्तिका लागि आयोग खुलेको छ । शिक्षक सेवा आयोगको शनिवार बसेको बैठकले पाँचै विकास क्षेत्रका ६ सय ११ पदका लागि आयोग खोलेको हो ।

शिक्षा विभागबाट प्राप्त दरबन्दीका आधारमा २०६३ बैशाख १० पछि रिक्त रहेका मावि शिक्षक दरबन्दीमा स्थायी पदपूर्तिका लागि विज्ञापन भएको आयोगले जनाएको छ ।

विभिन्न १४ विषय मध्ये सबै भन्दा धेरै विज्ञानका लागि १ सय ५० पदका लागि आयोग खुलेको छ । यसैगरी अंग्रेजीका लागि १ सय २८, नेपालीका लागि १ सय ७ सामाजिकका लागि ९३ र गणितका लागि ८७ पदको विज्ञापन गरिएको छ ।

यस्तै लेखामा २०, स्वास्थ्य तथा जनसंख्यामा ६, संस्कृत साहित्य र कम्प्युटर विज्ञानमा ३ / ३ पदका लागि विज्ञापन गरिएको आयोगले जनाएको छ । 
यस्तै शिक्षा र संस्कृत भाषका लागि २/२ तथा कृषि र वेदका लागि १/१ पदमा विज्ञापन खोलिएको छ ।

विज्ञापनका लागि ३० दिन भित्र आवेदन भर्न पाईने छ । आईतबार फागुन ३० गते औपचारिक सूचना जारी हुने भएकोले त्यही दिन देखि गणना गरिने छ । जस अनुसार फारम भर्ने म्याद चैत २९ गते सम्मका लागि तोकिएको छ भने दोब्बर दस्तुर तिरेर बैशाख ६ गते सम्म फारम भर्न पाईने आयोगले जनाएको छ ।

विज्ञापन सम्बन्धि थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्  : http://tsc.gov.np/site/listnews/news/80

पाँचै क्षेत्रीय कार्यालय सहित हरेक क्षेत्रमा थप एक जिल्ला शिक्षा कार्यालयमा फारम भर्न पाईने ब्यवस्था गरिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । पूर्वाञ्जलमा जिशिका मोरङ्, मध्यमाञ्चलमा ललितपुर, पश्चिमाञ्चलमा रुपन्देही, मध्य पश्चिममा दाङ र सुदुर पश्चिममा कैलाली जिशिकामा फारम भर्न पाईने ब्यवस्था गरिएको उनले बताए ।

यस अघि आयोगले शुक्रबार मात्रै नयाँ पाठ्यक्रम लागू गरेको थियो ।

Loading Comments...

Submit your comments