मजदुरको पारिश्रमिक १७ सयले बढ्यो

मजदुरको पारिश्रमिक १७ सयले बढ्यो

Jan 17, 2016

काठमाडौं – सरकारले औद्योगिक प्रतिष्ठानमा कार्यरत मजदुरको मासिक न्यूनतम पारिश्रमिक १ हजार ७०० रुपैयाँ वृद्धि गरेको छ । योसँगै मजदुरको मासिक न्यूनतम तलब ९ हजार सात सय रुपैयाँ हुनेछ ।

काठमाडौं – सरकारले औद्योगिक प्रतिष्ठानमा कार्यरत मजदुरको मासिक न्यूनतम पारिश्रमिक १ हजार ७०० रुपैयाँ वृद्धि गरेको छ । योसँगै मजदुरको मासिक न्यूनतम तलब ९ हजार सात सय रुपैयाँ हुनेछ ।

श्रम तथा रोजगार मन्त्रालयका सहसचिव आभा श्रेष्ठको संयोजकत्वमा सरकार र रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधिसहितको न्यूनतम पारिश्रमिक पुनरावलोकन समितिले मजदुरको पारिश्रमिक निर्धारणसम्बन्धी सहमति जुट्न नसकेपछि पुस २९ गतेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । पटकपटकको छलफलमा रोजगारदाता र ट्रेड युनियन आआफ्नै अडानमा देखिएपछि समितिले पारिश्रमिक वृद्धिको जिम्मा सरकारलाई दिएको थियो ।

Loading Comments...


Submit your comments