कृषि स्नातक प्राविधिक
Administrator
Apply Now Save Job

Administrator

Bijulibazzar

Position: कृषि स्नातक प्राविधिक (Newspaper Job)

Basic Information
  • No. of Openings 1 Opening
  • Job Category Others
  • Job Location Kathmandu District
  • Job Level Entry Level
  • Salary Negotiable
  • Education Level Bachelors
  • Desired Candidate Both(Female, Male)
  • Expiry date 2023-10-25
Job Description

बूढानीलकण्ठ नगरपालिका नगर कार्यपालिकाको कार्यालय हात्तीगौडा, काठमाडौ

बागमती प्रदेश, नेपाल

करारमा सेवा लिने सम्बन्धी सूचना !

प्रथम पटक सूचना प्रकाशित मिति २०५०।०५।२५

बूढानीलकण्ठ नगरपालिकाको लागि देहायको पद, संख्या र योग्यता भएका प्राविधिक कर्मचारी करार सेवामा राख्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र माग बमोजिमका प्रमाणपत्र र यस नगरपालिकाको राजश्व शाखामा राजश्व दाखिला गरेको सक्कलै रसिद सहित दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । दरखास्त फारम सहितको विस्तृत विवरण कार्यालयबाट उपलब्ध हुनेछ ।

तपसिल

क्र.सं. विज्ञापन नं. ०१ / २०८०-८१

पद: कृषि स्नातक प्राविधिक

सेवा: कृषि

तह: अधिकृतस्तर छैटौँ
परीक्षा दस्तुर रु. १००० /-

जम्म माग पद संख्या: १ (एक)

शैक्षिक योग्यता र तालिम:

  • कृषि विज्ञानतर्फ मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि विषयमा स्नातक वा सो सरह उत्तीर्ण ।

सेवा सुविधा:

  • कृषि स्नातक प्राविधिकको हकमा 'स्थानीय तहमा कृषि स्नातक प्राविधिक परिचालन कार्यविधि, २०७९ र अन्यको हकमा प्रचलित कानूनबमोजिम हुनेछ।
  • कृषि स्नातक प्राविधिको हकमा 'स्थानीय तहमा कृषि स्नातक प्राविधिक परिचालन कार्यविधि, २०७९ मा उल्लेख भएका विषयभन्दा बाहेक र अन्यको हकमा पदपूर्ति सम्बन्धी सम्पूर्ण प्रक्रिया बूढानीलकण्ठ नगरपालिकाको करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ बमोजिम हुनेछ ।
  • पदपूर्ति गर्दा सम्बन्धित पदमा कार्य अनुभव प्राप्त गरेका उम्मेद्वारलाई प्राथमिकता दिइनेछ । साथै अ.न.मी. (चौथो ) पदमा MA, Implant, IUCD, VIA सम्बन्धी तालिमलाई समेत मूल्याङ्कनको आधार बनाइनेछ ।

उमेरः अधिकृतस्तरको हकमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायकस्तरको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला र अपाङ्गता भएका व्यक्तिको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।
दरखास्त दिने स्थानः बूढानीलकण्ठ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हात्तीगौंडा, काठमाडौं ।

दरखास्त दिने मितिः-  मिति २०८०।०५।२५ देखि २०८०।०६।०८ गतेसम्म

 (अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट वा कार्यालय खुल्ने दिन)।