About Us
NMB Laghubitta Bittiya Sanstha Ltd.
बरिष्ठ सहायक (केहि)
Basic Information
- No. of Openings Few
- Job Category Bank/Financial Institution
- Job Location Pokhara
- Job Level Mid Level
- Province Province No. 4
- Desired Candidate Both(Male, Female)
- Expiry date 2021-03-03
Job Description
एनएमबि बैंक लि.को सहायक कम्पनीको रुपमा स्थापित एनएमबि लघुवित्त वित्तीय संस्था लि. लाई तपसिल बमोजिमका पदहरुमा खुल्ला प्रतिस्प्रधाबाट स्थायी रुपमा पदपुर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक उमेद्वारहरुले यस वित्तीय संस्थाको वेभसाइटमा राखिएको दरखास्त फारम भरी यक्तिगत विवरण (CV) सहित यो सूचना प्रकाशित मितिले १५ दिन भित्र यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका वडा नं.२५, हेम्जा, कास्कीको ठेगानामा वा आफुलाई पायक पर्ने यस वित्तीय संस्थाको शाखा कार्यालयमा वा vacancyhr@nmbmicrofinance.com मा आईपुग्ने गरी दरखास्त आव्हान गरिन्छ । छोटो सूचीमा परेका उम्मेदवारहरुलाई मात्र थप प्रक्रियाका लागि टेलिफोन, एस.एम.एस.तथा इमेलबाट जानकारी गराईनेछ ।
बिज्ञापन नं.: ६/०७७/०७८
पद: बरिष्ठ सहायक
श्रेणी: सहायक
संख्या: केहि
आवश्यक न्यूनतम योग्यता/कार्यानभव: प्रमाणपत्र तह (१०+२) वा सो सरह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा २ वर्षको कार्य अनुभव भएको ।
थप योग्यता:
१. बरिष्ठ सहायक पदको लागि दरखास्त दिने अन्तिम मिति सम्म २१ वर्ष पुरा भई ३० वर्ष ननाघेको, महिला उमेद्वारको हकमा माथिल्लो उमेरको हदमा पाँच वर्ष थप हुनेछ।
२. आबेदनका साथमा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो स्वयम् प्रमाणित बायोडाटा, शैक्षिक योग्यता, अनुभव र नेपाली नागरिकताको प्रतिलिपि पठाउँनु पर्नेछ।
३. नेपाल बाहिरका शिक्षण संस्थाबाट प्राप्त शैक्षिक प्रमाणपत्रहरु भए समकक्षता निर्धारणको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
४. स्नातक तह पास गरी लघुवित्त वित्तीय संस्थामा शाखा प्रवन्धक भई काम गरेका उम्मेदवारलाई दरखास्त दिन प्रोत्साहित गरिन्छ।
५. सवारी साधन भएका, मोटरसाईकल/स्कुटर चालक अनुमतिपत्र भएका र कम्प्युटर सम्बन्धी राम्रो ज्ञान भएका उमेद्वारलाई ग्राह्यता दिइनेछ।
६. कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ ।
तलब तथा अन्य सुविधा : वित्तीय संस्थाको नियमानुसार हुनेछ ।
परीक्षाको किसिम : प्रयोगात्मक र अन्तरवार्ता ।
Apply Instruction
Email: vacancyhr@nmbmicrofinance.com
पदपुर्ति समिति :
एनएमबि लघवित्त वित्तीय संस्था लि.
NMB Laghubitta Bittiya Sanstha Ltd.
नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त सस्था
केन्द्रीय कार्यालय : पोखरा-२५, हेम्जा, कास्की,
फोन : ०६१-४००४२७, ४००४७७