४२ जना कर्मचारी माग्यो समाजकल्याणले ||

४२ जना कर्मचारी माग्यो समाजकल्याणले ||

काठमाडौँ : प्रशासन, कानुन र लेखा समूहमा शाखा अधिकृतदेखि खरिदारसम्म; समाज कल्याण परिषदले कुल ४२ जना विभिन्न पदमा कर्मचारीको माग गरेको छ | उल्लेखित सूचना बिहीबार प्रकाशित भएको थियो | परिषदले शाखा अधिकृत सरहका ११ जना सहायक निर्देशक, १ जना कानुन अधिकृत,  नायब सब्बा सरहका ४ जना सहायक प्रथम र ४ जना लेखापाल र १ जना टेलिफोन अपरेटर माग गरेको छ। त्यस्तै खरिदार सरहका १६ जना सहायक द्वितीय, ३ जना सहलेखापाल, १ जना प्लम्बर र १ जना टेलिफोन अपरेटर माग गरेको सूचनामा उल्लेख गरिएको छ |

In this blog

काठमाडौँ : प्रशासन, कानुन र लेखा समूहमा शाखा अधिकृतदेखि खरिदारसम्म; समाज कल्याण परिषदले कुल ४२ जना विभिन्न पदमा कर्मचारीको माग गरेको छ | उल्लेखित सूचना बिहीबार प्रकाशित भएको थियो | परिषदले शाखा अधिकृत सरहका ११ जना सहायक निर्देशक, १ जना कानुन अधिकृत,  नायब सब्बा सरहका ४ जना सहायक प्रथम र ४ जना लेखापाल र १ जना टेलिफोन अपरेटर माग गरेको छ। त्यस्तै खरिदार सरहका १६ जना सहायक द्वितीय, ३ जना सहलेखापाल, १ जना प्लम्बर र १ जना टेलिफोन अपरेटर माग गरेको सूचनामा उल्लेख गरिएको छ।

अन्य खबर:लोकसेवा आयोगमा १४०० जनाको लागि दर्खास्त आह्वान : see more...

सहायक निर्देशकका लागि स्नातक उतीर्ण, कानुन अधिकृतका लागि कानुनमा स्‍नातक, सहायक प्रथम र लेखापालका लागि प्लस टु सरह उतीर्ण र सहायक द्वितीयका लागि एसएलसी पास हुनुपर्नेछ। दुईजना टेलिफोन अपरेटरमध्ये एक जना प्लस टु उतीर्ण र एक जना एसएलसी उतीर्ण माग गरिएको छ।

त्यस्तै प्लम्बरका लागि प्राविधिक एसएलसी पास गरेको वा सिटिइभिटीबाट तह २ को सीप परीक्षण परीक्षा उतीर्ण भएको हुनुपर्नेछ।योग्यता पुगेका नेपाली नागरिकले जेठको १६ गतेसम्म दरखास्त दिनुपर्नेछ।  दरखास्त शुल्क अधिकृत तहको १ हजार, नायब सुब्बा तहकोलाई ४ सय र खरिदार सरहकोलाई ३ सय रुपैयाँ तोकिएको छ।

Advance Your Career with Practical Training

Master high-demand skills through expert-led training designed for Nepal’s job market. Learn practical skills, earn certificates, and get 100% job assistance to boost your chances of getting hired.

Thousands of Jobs Waiting for You

Find jobs that perfectly match your skills, experience, and goals from thousands of verified listings across Nepal. Start your journey to a rewarding career today.

Loading Comments...


Submit your comments