बैंकमा जागिर खोज्नेलाई अवसर, वाणिज्य बैंकबाट बाहिरिदै छन् १५ सय कर्मचारी ||

बैंकमा जागिर खोज्नेलाई अवसर, वाणिज्य बैंकबाट बाहिरिदै छन् १५ सय कर्मचारी ||

काठमाडौं । डेढ दसक अघिसम्म 'ओभर स्टाफिङ' भएको राष्ट्रिय वाणिज्य बैंक अब कर्मचारी अभावको समस्यामा फस्न लागेको छ । करिब ६ हजारबाट कर्मचारीको संख्या २५ सयभन्दा तल झरेको छ । यो संख्या आगामी तीन वर्षमा थप १५ सय कटौति हुनेछ ।

बैंकले अहिले नयाँ कर्मचारी भर्ना गर्न सकेको छैन । अदालतमा मुद्दा परेको कारण नयाँ कर्मचारी भर्ना प्रक्रिया रोकिएको हो । यसले बैंकमा एकै पटक निकै ठूलो संख्यामा कर्मचारी भर्ती हुने संभावना छ ।
 
बैंकबाट आव २०७२/७३ मा करिव दुई सय ४४ जना कर्मचारीले अवकास लिइसकेका छन् भने अझै त्यो क्रम जारी छ। आगामी दुई आर्थिक वर्षमै नौं सयभन्दा बढी कर्मचारीले अवकास पाउँदैछन् ।
 
बैंकमा करियर बनाउन चाहनेका लागि राष्ट्रिय वाणिज्य बैंकमा निकै धेरै पदमा अवसर प्राप्त हुनेछ । बैंक व्यवस्थापनले करिव २५ सय कर्मचारी आवश्यक हुने बताउँदै आएको छ । यही वर्षबाट कर्मचारीको सख्याा थप घट्दै छ, त्यसैले बैंकले निकै ठूलो रोजगारी दिनेछ ।
 
विश्व बैंकको ऋण तथा अनुदानमा २०५८ सालदेखि राष्ट्रिय बाणिज्या बैंकसहित नेपाल बैंकमा वित्तीय सुधार कार्यक्रम लागु गरिएको थियो । त्यही बेलादेखि स्वेच्छिक अवकास योजना लागू गरेर कर्मचारी कटौति सुरु भएको हो । कर्मचारीको संख्या कम भएपछि केही वर्षयता भने बैंकले स्वेच्छिक अवकास योजना हटाएको छ ।
 
आर्थिक बर्ष २०७३/७४ मा दुइ सय ८३ जना, आव २०७४/७५ मा पाँच सय ८४ जना र आव २०७५/७६ मा दुई सय ९९ जना उमेर हदवन्दि र अनिवार्य अवकासमा जाने भएका छन् । यो तथ्याङ्क हेर्दा अबको साँढे तिन बर्षमा ११ सय ६६ जना कर्मचारी अनिवार्य अवकासमा जान्छन् । आव २०७२/७३ मा करिव दुई सय ४४ जना कर्मचारीले अवकास लिइसकेका छन् भने अझै त्यो क्रम जारी छ।
 
पाँचौ र छैटौं तहका कर्मचारी सबैभन्दा धेरै बाहिरिने छन् । कोर बैंकिङ समूहमा काम गर्ने कर्मचारीको संख्या कम हुनेछ । यसले गर्दा शाखा व्यवस्थापनमा समस्या देखिने उच्च व्यवस्थापनका अधिकारी बताउँछन् ।

In this blog

सर्वोच्च अदालतमा मुद्दा परेपछि कर्मचारी भर्नाको प्रक्रिया रोकिएको छ । अझै केही समय यो प्रक्रिया स्थगित नै रहने हो भने बैंकका विभिन्न शाखाहरुमा कर्मचारीको अभाव हुनेछ।
 
बैंकले नयाँ कर्मचारी भर्ना गर्नका लागि गत जेठमा एकसय ९५ जना कर्मचारीको माग गरेको थियो। तर उमेरको हकमा कुरा नमिल्दा त्यहि आवेदन दिएकी एकजना महिलाले सर्वोच्च अदालतमा मुद्दा हालेका कारण अहिलेसम्म भर्ना प्रक्रिया रोकिएको हो।
 
बाणिज्य बैकले महिलाका लागि ३५ बर्षको हदम्याद तोकेको थियो तर ४० बर्ष हुनुपर्ने भन्दै त्यस विषयमा मुद्दा परेको थियो।
 
'नेपालका बैकहरुको बजारमा २०७५ सालसम्ममा सवैभन्दा योङ, फ्रेस, इनर्जेटिकले चलाएको बैक बनाउने लक्ष थियो' राष्ट्रिय वाणिज्य बैकका डेपुटि जनरल मेनेजर विष्णुप्रसाद बैद्यले भने 'हाम्रो लक्षभन्दा वाहिर गइसक्यो बाणिज्य बैकले चाहेअनुसारको कर्मचारी नहुने पक्का भएको छ।
 
समयमा नै सञ्चालक, व्यवस्थापन र सर्वोच्च अदालतले कर्मचारीको विषयमा निर्णय नगरेमा बैकका धेरै शाखाहरु बन्द हुने अवस्थामा पुग्ने वैद्यले जानकारी दिए।
 
सर्वोच्च अदालतले निर्णय गर्दा संवैधानिक इजलासमा लैजानुपर्ने भएको छ जसमा कुनैपनि मुद्दा लैजाँदा त्यहाँ पूर्ण इजलासले मात्र त्यो विषयमा निर्णय दिन सक्ने प्रावधान रहेको छ। जबकी २१ जना न्यायाधिस हुनुपर्नेमा हाल सर्वोच अदालतमा नौजनामात्र न्यायाधिस रहेका छन्। संबैधानिक इजलासमा लैजानका लागि पाँच जना न्यायाधिस हुनुपर्ने व्यवस्था रहेको छ।
 
'संवैधानिक इजलास महिनाको एकपटक मात्र बस्ने गरेको छ, त्यसमा हाम्रोभन्दा ठूला मुद्दाहरु पर्ने गरेका छन् हाम्रो पालो कहिले आउने हो टुङ्गो छैन,' बैद्यले भने 'कि अब बैकले नियमावली नै परिवर्तन गरेर महिलाको बैंकमा इन्ट्रि उमेरहद ४० बर्ष पुर्याउनुपर्यो नभए फैसला कुरेर बस्नुको कुनै विकल्प छैन।'
 
हाल राष्ट्रिय वाणिज्य बैकमा २५ सय २२ जना कर्मचारी रहेका छन्। ती मध्ये १२३ जना करारमा रहेका छन। यो अवस्था रहिरहने हो भने आउँदो बर्षमा नै बैंकका धेरै शाखामा कर्मचारीको अभाव हुनेछ।
 
सर्वोच्चमा परेको मुद्दाका कारण बैंकका विभिन्न विभागमा कर्मचारीको अभाव भएको छ। अरुमा भन्दा विशेषगरी बैंकिङ विभागमा धेरै कर्मचारीको अभाव हुने बैद्यले जानकारी दिए।
 
'हालकै अवस्था रहने हो भने केहि महिनापछि राष्ट्रिय वाणिज्य बैकको बैंकिङ क्षेत्रमा धेरै जटिल अवस्था आउन सक्छ', बैद्यले भने 'अहिले नै धेरै शाखामा सेवाग्राहिलाई मार्का परिसकेको छ र काममा ढिलासुस्ती भइसकेको छ।

Advance Your Career with Practical Training

Master high-demand skills through expert-led training designed for Nepal’s job market. Learn practical skills, earn certificates, and get 100% job assistance to boost your chances of getting hired.

Thousands of Jobs Waiting for You

Find jobs that perfectly match your skills, experience, and goals from thousands of verified listings across Nepal. Start your journey to a rewarding career today.

Loading Comments...

Submit your comments