सह-व्यवस्थापक
- No. of Openings 1
- Category General Mgmt. / Administration
- Location 26
- Job Level Entry Level
- Salary Negotiable
- Education Level Bachelors degree
- Desired Candidate Both(Female, Male)
- Experience More than or equals to 3 years
- Expiry date Apr 01, 2022 (Expired)
Job Description
विगत १२ वर्षदेखि आफ्नो कार्यक्षेत्र भित्रका सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक आवश्यकता परिपूर्तिका निम्ति बचत तथा ऋण लगायत अन्य सेवा सुविधासहित सञ्चालनमा रहेको यस संस्थामा देहाय बमोजिमको कर्मचारीको आवश्यकता भएको हुनाले योग्यता पुगेका इच्छुक आवेदकबाट १५(पन्ध्र) दिनभित्र तोकिएका कागजातसहित दरखास्त आव्हान गरिन्छ । म्याद नाघी आएका एवं आवश्यक रित र प्रक्रिया नपुगेका दरखास्त उपर कुनै कारबाही नहुने व्यहोरा समेत जानकारी गराइन्छ ।
विज्ञापन नं. : ०२-०७८/०७९ पद : सह-व्यवस्थापक पद संख्या : १ (एक)
सेवा सुविधा:
- मासिक तलव भत्ता तोके बमोजिम वा आपसी समझदारीमा निर्धारण गरिनेछ ।
- सामाजिक सुरक्षा कोष, बीमा, चाडपर्व खर्च, औषधि उपचार खर्च, पोशाक भत्ता, कर्मचारी बोनस संस्थाको नियमानुसार हुनेछ ।
शैक्षिक तथा अन्य योग्यता र उमेर:
- मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था, सहकारी संघ संस्थामा कम्तिमा ३ वर्षको अनुभव वा स्नातकोत्तर उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था, सहकारी संघ संस्थामा कम्तिमा १ वर्ष अधिकृत तहको अनुभव प्राप्त ।
- कम्प्यूटरसम्बन्धी आधारभुत अफिस प्याकेज (MSWord, MSExcel, PowerPoint, E-Mail, Internet) R Accounting Software मा राम्रो दख्खल भएको ।
- कम्तिमा दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र प्राप्त । -२५ वर्ष पूरा भई ४० वर्ष ननाघेको नेपाली नागरिक ।
विशेष ग्राह्यता:
- सहकारी संघ/संस्था वा बैंक/वित्तीय संस्थामा व्यवस्थापकीय तहमा कार्य अनुभव प्राप्त उम्मेदवार ।
छनौट प्रक्रिया:
- लिखित परीक्षा, प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामध्ये कुनै दुई छनौट प्रक्रिया अवलम्बन गरिने छ ।
दरखास्त बुझाउने समय र स्थान :
- कार्यालय समयमा, संस्थाको कार्यालय वा संस्थाको Email: moneyplantsaccos@yahoo.com मार्फत ।
संलग्न गर्नुपर्ने कागजात :
- नागरिकताको प्रतिलिपि - हालसालै खिचिएको फोटो,
- हस्तलिखित निवेदन, - शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि,
- कार्यअनुभवको प्रमाणपत्रको प्रतिलिपि, - व्यक्तिगत विवरण (बायोडाटा)
नोट : तोकिएको मितिभित्र आवेदन दिने आवेदकहरू मध्येबाट छोटो सूची(Short List) तयार गरी सचीमा पर्न सफल आवेदकहरूलाई मात्र अन्य छनौट प्रक्रियामा संलग्न गराइने छ।