भूकम्पपछिको पुनर्निर्माणमा काम गर्न सरकारले करिब साढे २४ सय (ईन्जिनियर, सव ईन्जिनियर, असिस्टेन्ट सव-ईन्जिनियर) का लागि आवेदन माग गरेको छ।
सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबार सूचना प्रकाशित गरी १३ सय ईन्जिनियर, ५७९ सब ईन्जिनियर र ५७५ असिस्टेन्ट सव ईन्जिनियरको अस्थायी दरबन्दीका लागि आवेदन मागेको हो।
विभागका उपमहानिर्देशक शिवहरि शर्माले नयाँ नियुक्त हुने ईन्जिनियरले गाविसस्तरमा निर्माण हुने संरचनाको निरीक्षण, अवलोकन गरी परामर्श दिने बताए। ‘उनीहरूले कालिगढलाई भूकम्पप्रतिरोधी घर बनाउन सिकाउने काम पनि गर्ने छन्’, शर्माले भने।
सुरूमा करार अवधि असारसम्म तोकिएको भएपनि ईन्जिनियरहरूले पुनर्निर्माणको काम नसकुञ्जेल काम पाउने शर्माले बताए।
In this blog

उनले अरु ईन्जिनियर पनि थप्ने योजनामा विभाग रहेको जानकारी दिए।
‘यति जनशक्तिले नपुग्ने भयो भने अरु पनि थप्नुपर्छ कि भन्ने सोचेका छौं’, शर्माले भने, ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घर बनाउन अरू जिल्लामा पनि अनुदान दियो भने हामी पनि त्यही अनुपातमा जनशक्ति बढाउँछौं।’
यसअघि गत मंसिरमा विभागले ४६ ईन्जिनियर, ७१ सव ईन्जिनियरलाई करारमा नियुक्तिका लागि आवेदन मागेको हो।
0 Comments