रोजगारी वा बेरोजगार भत्ता माग्दै आमरण अनसन

रोजगारी वा बेरोजगार भत्ता माग्दै आमरण अनसन

काठमाडौ–योग्यता, क्षमता सीप र दक्षता अनुसारको रोजगारीको माग गर्दै यूवाहरुको एक समूहले आमरण अनसन गर्ने भएको छ । बेरोजगार यूवाहरुको संस्था रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियानले आमरण अनसन गर्ने भएको हो । पूर्व सभासद चन्द्र बहादुर थापा सागरको संयोजकत्वमा गठन भएको उक्त संस्थाले तीनवटा माग राखेर प्रधानमन्त्रीलाई तीन दिनअघि ज्ञापनपत्र बुझाएकोले ति मागहरु १५ दिन भित्र पूरा नगरे आमरण अनसन गर्ने जनाएको हो ।

In this blog

अभियानले पहिलो माग योग्यता, क्षमता र सिप र दक्षता अनुसारको रोजगारी, दोश्रोमा रोजगार दिन नसके शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर सहुलियत ऋण दिई स्वरोजगार हुने व्यवस्था र तेश्रोमा रोजगार र स्वरोजगार दिन नसकेमा बेरोजगार भत्ताको माग गरी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । ‘नेपाली यूवाहरु विदेशमा काम खोज्दै जाने होईन यहि नेपालमै रोजगारीको ज्ञारेण्टी हुनुपर्छ भनेर हाम्रो मागका विषयमा १५ दिन सम्ममा हामी छलफल गरेर केही निर्णय दिन्छौँ भनि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल जि ले भन्नुभएकोले हामी पन्ध्र दिन पर्खन्छाँै’ थापाले भने ‘यदि माग सम्बोधन हुने देखिएन भने हामी आमरण अनसन गर्छौँ ।’ अभियानले सोमबारदेखि दवावमूलक कार्यक्रम पनि गर्ने भएको छ । सोमबार शान्ति वाटिकामा हस्ताक्षर अभियान, बैशाख ६ देखि १२ गतेसम्म कोण सभा र रचनात्मक संघर्षका कार्यक्रम र १३ देखि २० गतेभित्र संघर्षका अन्य कार्यक्रम सहित भोक हड्तालको घोषणा गरीने थापाले बताए । नेपालमा अहिले ७७ वटा उद्योग बन्द अवस्थामा रहेकोले रोजगारीका लागि राज्यले ती उद्योगहरु चलाउनुपर्ने विकल्प पनि राज्यलाई दिएको छ । ‘नयाँ उद्योग खोल्नुपर्नेमा चलिरहेका पनि बन्द गरेर राज्यले कासि जानु कुतिको बाटो जस्तो उल्टो व्यवहार गरेको छ’ थापाले भने ‘फ्रि भिसा फ्रि टिकट भनेर विदेश जाने बाटो खोल्नुको साटो सिप, क्षमता अनुसारको राष्ट्रिय पूँजि परीचालन गरोस भनेर विकल्प दिएका छौँ ।’

Advance Your Career with Practical Training

Master high-demand skills through expert-led training designed for Nepal’s job market. Learn practical skills, earn certificates, and get 100% job assistance to boost your chances of getting hired.

Thousands of Jobs Waiting for You

Find jobs that perfectly match your skills, experience, and goals from thousands of verified listings across Nepal. Start your journey to a rewarding career today.

0 Comments

Submit your comments