रोजगारी, जसलाई डिग्रीको आवश्यकता पर्दैन

रोजगारी, जसलाई डिग्रीको आवश्यकता पर्दैन

यस्ता रोजगारीले संसारमा धेरै तलब पाउँछन् जसका लागि व्याचलर डिग्री अथवा उच्च शिक्षा नभएपनि हुन्छ।
अमेरिकाको ब्युरो अफ लेबर स्ट्याटिस्टिक्सको पछिल्लो अध्ययन अनुसार धेरै तलब पाइने जागिर जसलाई चार वर्षे ब्याचलर आवश्यक पर्दैन।

In this blog

यस्ता रोजगारीले संसारमा धेरै तलब पाउँछन् जसका लागि व्याचलर डिग्री अथवा उच्च शिक्षा नभएपनि हुन्छ।
अमेरिकाको ब्युरो अफ लेबर स्ट्याटिस्टिक्सको पछिल्लो अध्ययन अनुसार धेरै तलब पाइने जागिर जसलाई चार वर्षे ब्याचलर आवश्यक पर्दैन।

सन २०१५ मा यि रोजगारीहरुले  वार्षिक औषत तलब ६४ हजार अमेरिकी डलर कमाएको देखिएको छ भने यी रोजगारका अबसरहरु नेपालको परिवेशसंग निक्कै मिल्दाजुल्दा छन्। तपाई पनि यस्ता अबसरहरुसंग जोडिएर नेपाल वा अन्य देशहरुमा काम गरी भविष्य उज्वल बनाउन सक्नुहुनेछ।
 
१) वेब डेभलपर
यसले वेबसाइट बनाउने, डिजाइन गर्ने र मोडिफाइ गर्ने काम गर्छ। यो क्षेत्रमा काम गर्नेले वार्षिक तलब ६४ हजार नौ सय ७० डलर कमाउँदछन् भने यसका लागि कुनै डिग्रिको आवश्यकता जरुरत पर्दैन तर तालिम भने लिएको हुनुपर्दछ।

२) एयर ट्राफिक कन्ट्रोलर
यसले हवाई विमानलाई जाँचबुझ र निर्देशन गर्छ। यो काम गर्ने व्यक्तिले एयरपोर्टको स्थितिका वारेमा विमानहरुलाई जानकारी दिने काम गर्नुपर्छ। यस काम गर्नेको तलब सबैभन्दा बढी छ। यिनिहरुले वार्षिक एक लाख २२ हजार डलर कमाउँदछन्। यसका लागि अनुभव चाहिन्छ भने डिग्रिको आवश्यकता पर्दैन।

३) पेट्रोलियम पम्पको सिस्टम  अपरेटर, रिफाइनरी र मापक
यसमा पेट्रोलियम शुद्धिकरण या प्रोसेसिङ युनिटको सञ्चालन तथा नियन्त्रण गर्नुपर्ने काम गर्नुपर्छ। यस क्षेत्रमा लाग्नेले बार्षिक रुपमा ६५ हजार भन्दा धेरै तलब पाउँछन्। यो जागिरका लागि उच्च शिक्षामात्र भए पुग्छ भने कामको अनुभव चाहिदैन।
 
४) ग्यास प्लान्ट
यो काम गर्नेले मुख्य पाइपलाइनहरुमा विशिष्ट चाप व्यवस्थित गर्न कम्प्रेसरलाई नियन्त्रण गरेर कम्पनी तथा अन्य प्रयोजनका लागि ग्यास वितरणको काम गर्नुपर्छ। यहाँ काम गर्नेले बार्षिक तलब ६६ हजार डलर आम्दानि गर्छन्। यसका लागि पनि उच्च शिक्षा र कामको अनुभव नभएपनि हुन्छ।

५) एलिभेटर व्यवस्थापक तथा मिस्त्रि
यसले इलेक्ट्रिक या हाइड्रोलिक मालवाहक तथा प्यासेञ्जर एलिभेटर, इस्काभेटर्स या डम्बवेटर्सलाई मिलाउने काम गर्छन्।  यिनिहरुले पुननिर्माण गर्ने तथा व्यवस्थापन गर्ने काम गर्छन् र बार्षिक रुपमा ८० हजार आठ सय डलर कमाउने गरेका हुन्छन्।
 

How-can-i-get-job-without-experience


६) एरोस्पेस इन्जिनियरिङ र अपरेसन्स टेक्निसियन्स
यसले हवाईविमान तथा अन्तरिक्षयानको विकास, परिक्षण तथा निर्माणका लागि प्रयोग हुने सामग्रीको सञ्चालन तथा व्यवस्थापनको काम गर्छ। यो रोजगारी गर्नेले वार्षिक तलब ६६ हजार एक सय ८० डलर कमाउने गरेका छन्। यो कामका लागि पनि व्याचलर डिग्रिको आवस्यकता पर्दैन।

७) विद्युतिय पावर लाइन व्यवस्थापक तथा मिस्त्रि
यसले विद्युतिय वितरण काममा प्रयोग हुने तार तथा केबलको मर्मत तथा निर्माण गर्ने काम गर्छ। वार्षिक तलब ६६ हजार चार सय ५० डलर कमाउने गरेका छन् भने यसका लागि भने तालिमको व्यवस्था अनिवार्य रहेको छ।

८) यातायात, भण्डारण तथा वितरण व्यवस्थापन
यसले संस्थाको नीति तथा कानुनको आधारमा यातायात, भण्डारण तथा वितरणका गतिविधिहरुको संयोजन गर्छ। यो काम गर्नेले वार्षिक ८६ हजार ६ सय डलर कमाउँदछन। यस कामका लागि पनि उच्च शिक्षाको आवश्यकता पर्दैन।
 
९) सुरक्षा अधिकृत तथा जासुस
यसले प्रत्यक्षरुपमा प्रहरी बलका सदस्यहरुका क्रियाकलापहरुको संयोजन तथा निरिक्षण गर्ने काम गर्छ। यो काम गर्नेले वार्षिक ८२ हजार ९० डलर कमाउँदछन्।

(Source: Bizmandu)

Advance Your Career with Practical Training

Master high-demand skills through expert-led training designed for Nepal’s job market. Learn practical skills, earn certificates, and get 100% job assistance to boost your chances of getting hired.

Thousands of Jobs Waiting for You

Find jobs that perfectly match your skills, experience, and goals from thousands of verified listings across Nepal. Start your journey to a rewarding career today.

0 Comments


Submit your comments