यी हुन धेरै जागिर दिने १० कम्पनी, राम्रो कम्पनी मा जागिर पाउने चार टिप्स

काठमाडौं। हरेक वर्ष फर्चुनले काम गर्नका लागि विश्वका शीर्ष एकसय राम्रा कम्पनीको सूची सार्वजनिक गर्छ। धेरैले सोध्ने प्रश्न हो यी कम्पनीमा जागिर पाउने कसरी? उत्तर हो, यस्ता ठूला कम्पनीमा काम पाउन भाग्य नै हुनुपर्छ। हेर्नुस् शीर्ष १० कम्पनी

यी कम्पनीमा काम पाउन के के गर्नुपर्छ त ? यसपाला वर्ल्ड इकोनोमिक फोरमको अजेन्डाले त्यसबारे टिप्स दिएको छ।
गृहकार्य गर्नुस्

हिल्टन वर्ल्डवाइडका सिनियर रिक्रुटिअर सावना बेलिक्स पृष्ठभूमिको ज्ञानको महत्वलाई जोड दिन्छन्। गुगल सर्च गरेर लिने ज्ञानभन्दा भित्री तहमा पुग्नुपर्ने उनको तर्क छ, 'होटलमा जागिर खान चाहनेले होटलबारे अतिरिक्त जानकारी राख्नैपर्छ। यसका एक्जुकेटिभ कमिटीका सदस्य कोको हुन्, उनीहरुको बायो र पदको आवश्यकताबारे जानकारी भयो भने म प्रभावित हुने गर्छु।'   
सामाजिक बन्नुस् 

केपीएमजीका रिक्रुटमेन्ट म्यानेजर काउन्ट्री हिल सामाजिक सञ्जालको शक्तिमा ज्यादै विश्वास गर्छिन्। 'सामाजिक सञ्जालमा आफूलाई भिजिवल बनाएर छनोट गर्नेहरुमा छाप छाड्न सकिन्छ,' उनले भनिन्। सामाजिक सञ्जालमा हुने सक्रियताले कामदारलाई आफ्नो विषयमा थप दक्ष बनाइरहेको हुन्छ किनकि सामाजिक सञ्जालमा त्यसबारे व्यापक छलफल हुनसक्छ।

In this blog

व्यक्तिगत ब्रान्ड

तपाईँ आफूलाई कुनै सम्पनीमा सेल गरिरहनु भएको छ भने आफ्नो व्यक्तिगत ब्रान्डलाई बलियो र प्रस्ट पार्नुपर्ने सुझाउँछन् पीडब्लुसीका युएस रिक्रुटिङ लिडर रोड एडम्स। यसको अर्थ हो त्यो संस्थालाई तपाईँको दक्षताले कति फाइदा हुनसक्छ बुझाउनुपर्‍यो। 'तपाईँको व्यक्तिगत ब्रान्ड अरु प्रतिस्पर्धीलाई छुट्याउने महत्वपूर्ण सहयोगी हुनसक्छ,' उनले भने।   
ह्यात होटल्सकी क्रिष्टी सेडल यसमा समर्थन जनाउँछिन्। 

लगानीकर्ता झै बन्नुस्

यसको सोझो अर्थ कुनै पनि कम्पनी नै टेकओभर गर्ने भन्ने नबुझ्नुस्। अमेरिकी सुपरमार्केट चेन पब्लिक्सका मार्की ह्यामरिक भन्छन्, 'समर्पित, वफादार र निर्णय गर्न तयार हुने व्यक्ति सहि हुन्छ।'

Advance Your Career with Practical Training

Master high-demand skills through expert-led training designed for Nepal’s job market. Learn practical skills, earn certificates, and get 100% job assistance to boost your chances of getting hired.

Thousands of Jobs Waiting for You

Find jobs that perfectly match your skills, experience, and goals from thousands of verified listings across Nepal. Start your journey to a rewarding career today.

0 Comments

Submit your comments