मन्त्रालयमा ५०० जनालाई रोजगारीको अवसर ।।।

मन्त्रालयमा ५०० जनालाई रोजगारीको अवसर ।।।

कृषि विकास मन्त्रालय अन्तर्गत कृषि विभागमा ५ सय पदको लागि तोकिएको योग्यता पुगेका इच्छुक नागरिकहरुका लागि  दरखास्त आहवान गरिएको छ । बैशाख २० गते प्रकाशित गोरखापत्रमा सूचना जारी गरी विभागले प्राविधिक सहायक पदको लागि दरखास्त आहवान गरेको हो।

नेपाल सरकारको आ.व. २०७२/२०७३ को  “एक गाउँ विकास समिति एक कृषि प्राविधिक " स्वीकृत नीति तथा कार्यक्रम अनुसार जिल्ला कृषि  विकास कार्यालयको मातहतमा रही गाउँ बिकाश समितिमा कार्य गर्ने गरी तपसिल बमोजिम नेपाल कृषि सेवा तर्फ राजपत्रांकित द्वितीय श्रेणीका नायव प्राविधिक सहायक (ना. प्रा. स.) पदहरु “एक गाउँ विकास समिति एक कृषि प्राविधिक व्यवस्थापन समबन्धि निर्देशिका, २०७३” बमोजिम सेवा करारमा पदपूर्ति गर्नुपर्ने विज्ञापनमा जनाइएको छ।

In this blog

सोहि अनुसार यस पदका लागि खुल्ला तथा समावेशी गरी ५०० जनाको माग गरिएको छ। गोरखापत्र दैनिकमा उल्लेखित सूचना अनुसार खुल्ला तर्फ २८० जनाको माग गरिएको छ भने समावेशी तर्फ महिलामा ७९, आदिवासी/जनजातीमा ६८, मधेसीमा ४६ र दलितमा २७ जनाको माग भएको  दरखास्त आहवान गरिएको हो  ।

फारम बुझाउने अन्तिम मिति  २०७३ जेठ ३ गतेसम्मको दिइएको छ । त्यहि अनुरुप  नायव प्राविधिक सहायक पदको लागि न्युनतम योग्यता   SLC पास अनिवार्य हुनुपर्ने साथै  एक बर्ष जे. टी. ए. (कृषि बिज्ञान) तालिम प्राप्त वा कृषि विषय लिई टि. एस. एल. सी उतिर्ण गरेको हुनु पर्ने छ।

उम्मेदवारको उमेर हद मिति २०७३/०२/०३ सम्ममा १८ वर्ष पुरा भई ३५ बर्ष ननाघेको हुनु पर्नेछ तर महिला तथा अपाङ्ग उम्मेदवारको लागि १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनु पर्ने छ ।

Source :- http://www.doanepal.gov.np/ne/

Advance Your Career with Practical Training

Master high-demand skills through expert-led training designed for Nepal’s job market. Learn practical skills, earn certificates, and get 100% job assistance to boost your chances of getting hired.

Thousands of Jobs Waiting for You

Find jobs that perfectly match your skills, experience, and goals from thousands of verified listings across Nepal. Start your journey to a rewarding career today.

0 Comments

Submit your comments