बन्दका कारण २ लाख नेपालीले रोजीरोटी गुमाए

बन्दका कारण २ लाख नेपालीले रोजीरोटी गुमाए

नाकावन्दीका कारण मध्यपश्चिमाञ्चल क्षेत्रका करीब पाँचसय निर्माणसम्बन्धी योजना प्रत्यक्ष प्रभावित भएका छन् । लामो समयदेखिको नाकाबन्दीका कारण इन्धन अभाव हुँदा ती योजना प्रभावित भएका हुन् । सबै योजना प्रभावित भएपछि यस क्षेत्रका करीब तीन हजार भन्दाबढी निर्माण व्यवसायी र त्यसमा काम गर्ने करीब दुई लाख मजदुरको रोजीरोटी समेत गुमेको मध्यपश्चिम क्षेत्रीय निर्माण व्यवसायी सङ्घका अध्यक्ष मोहन प्रकाश आचार्यले बताए ।

In this blog

निर्माण सामग्रीको मूल्य आकासिएको, कालोबजारी फस्टाएको, योजना ठप्प भएको बेलामा बैङ्कमा किस्ता तिर्नुपर्ने, कर्मचारीलाई तलब खुवाउनुपर्ने लगायतको आर्थिक समस्या, साना निर्माण कार्यको म्याद थप र मूल्यवृद्धि गर्न नपाउने कानूनी प्रावधानका कारण साना निर्माण व्यवसायीको घरखेतसमेत लिलाम हुने अवस्थामा आएकाले साना निर्माण कार्य मूल्यवृद्धि गर्न पाउने गरी योजनाको म्याद थप हुनुपर्नेलगायत माग उनीहरुले पत्रकार सम्मेलनमार्फत अघि सारेका छन् ।

नाकावन्दीका कारण सरिया (छड), सिमेन्ट तथा इन्धन अभावका कारण निर्माण व्यवसायी अप्ठ्यारोमा परेको उनीहरुले बताएका छन् ।

Advance Your Career with Practical Training

Master high-demand skills through expert-led training designed for Nepal’s job market. Learn practical skills, earn certificates, and get 100% job assistance to boost your chances of getting hired.

Thousands of Jobs Waiting for You

Find jobs that perfectly match your skills, experience, and goals from thousands of verified listings across Nepal. Start your journey to a rewarding career today.

0 Comments

Submit your comments