न्यूनतम मासिक पारिश्रमिक श्रावण १ देखी १३,४५० रुपैयाँ बाट वृद्धि भएर १५,००० हुने।

न्यूनतम मासिक पारिश्रमिक श्रावण १ देखी १३,४५० रुपैयाँ बाट वृद्धि भएर १५,००० हुने।

Minimum Wage Revision 2021, Nepal Government | Kumari Job

२०७८/७९ को आर्थिक वर्ष बाट नै लागु हुने गरी न्यूनतम मासिक पारिश्रमिक रु. १५,००० हुने।

In this blog

आउदो आर्थिक बर्षबाट कामदारको न्यूनतम मासिक पारिश्रमिक १३,४५० बाट अब १५,००० रुपैयाँ हुने भएको छ।

गत शनिबार १३२ औं अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा भाषण दिँदै प्रधानमन्त्री केपी ओलीले न्यूनतम मासिक ज्याला २०२१/२२ को शुरुबाट संशोधित गरिने बताउनुभए लगतै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मंत्रालयले नेपाल सरकार को तर्फ बाट सोमवार अधिकारिक सूचना नै प्रकाशन गरेको छ।

श्रम कानून २०१७ ले हरेक दुई बर्षमा कामदारहरूलाई न्यूनतम तलब संशोधन गर्न खोजे तापनि यस पटक सरकारले तीन वर्षको अवधि पछि मात्र संशोधन गर्दैछ। २००७ मा सरकारले मजदुरहरुलाई आधारभूत तलब निर्धारण गरेदेखि सरकारले न्यूनतम तलब संशोधन गरिरहेको यो सातौं पल्ट हो। ऐन, २०७४ को दफा १०६ को उपदफा (३) ले दिएको अधिकार बमोजिम संवत २०७८ साल श्रावण १ गते देखि उक्त संशोधन लागु हुने भएको छ।

Minimum Wage Revision 2021, Nepal Government | Kumari JobMinimum Wage Revision 2021, Nepal Government | Kumari Job

यस अघि सरकारले २०१८/१९ को बजेटमार्फत न्यूनतम पारिश्रमिक १३,४५० रुपैयाँमा बढाएको थियो जुन अघिल्लो न्यूनतम मासिक पारिश्रमिक ९७०० रुपैयाँ भन्दा ३८.६५ प्रतिशतले बढी हो।

श्रावण १ देखि अब मासिक आधारभूत पारिश्रमिक ९,३८५ रुपैयाँ हुने र ५,६१५ रुपैयाँ भत्ता गरि जम्मा १५,००० रुपैयाँ हुने भएको छ।

Advance Your Career with Practical Training

Master high-demand skills through expert-led training designed for Nepal’s job market. Learn practical skills, earn certificates, and get 100% job assistance to boost your chances of getting hired.

Thousands of Jobs Waiting for You

Find jobs that perfectly match your skills, experience, and goals from thousands of verified listings across Nepal. Start your journey to a rewarding career today.

0 Comments


Submit your comments