नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा (स्टाफ कलेज ) जागिरको अवसर

काठमाडौं— आकर्षक तलब सुविधा प्रदान गर्ने सरकारी निकाय नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेलले अधिकृत सहित १२ पदका लागि आवेदन मागेको छ। नीतिगत प्रशासनिक अनुसन्धान तथा सरकारी कर्मचारीलाई तालिम दिने प्रतिष्ठानले विदेशी मुलुकको पिआर, ग्रीनकार्ड भएका व्यक्तिले आवेदन दिन नपाउने व्यवस्था गरेको छ।

पदपूर्ति सूचनाअनुसार प्रशिक्षण तथा अनुसन्धान अधिकृत मध्ये ४ खुलाबाट तथा १ महिला, १ आदिवासी जनजाति, १ दलित आरक्षणबाट पदपूर्ति गरिनेछ। प्रतिष्ठानले २ बरिष्ठ सहायक खुलातर्फ एवं १ बरिष्ठ सहायक मधेसी आरक्षणबाट पनि आवेदन माग गरेको छ। दुई प्रशिक्षण तथा अनुसन्धान अधिकृत आन्तरिकबाट बढुवा गरिने सूचनामा उल्लेख छ।

सरकारका अधिकृतलाई प्रशिक्षण दिने यो निकायको तलब सुविधा सरकारी स्केलभन्दा झन्डै दोब्बर रहेको छ।

In this blog

प्रशिक्षण तथा अनुसन्धान अधिृकतका लागि व्यवस्थापन वा विकास विषयमा डिस्टिङ्क्सन सहित प्रथम वा विश्वविद्यालय स्तरमा प्रथम वा द्वितिय भएकाहरुले आवेदन गर्न सक्ने जनाइएको छ।

प्रतिस्पर्धीहरुबाट खुला तथा आन्तरिक प्रयोगितात्मक परीक्षाबाट स्थायी रुपमा पदपूर्ति गरिने जनाइएको छ। प्रशिक्षण तथा अनुसन्धान अधिकृत पदको लागि २१ वर्ष पुगेर ४० वर्ष ननाघेको हुनुपर्नेछ। बरिष्ठ सहायक पदका लागि स्नातक तह प्रथम श्रेणीमा उत्तीर्ण वा जीपीए ३÷५ प्राप्त गरेको हुनुपर्ने उल्लेख छ।

Advance Your Career with Practical Training

Master high-demand skills through expert-led training designed for Nepal’s job market. Learn practical skills, earn certificates, and get 100% job assistance to boost your chances of getting hired.

Thousands of Jobs Waiting for You

Find jobs that perfectly match your skills, experience, and goals from thousands of verified listings across Nepal. Start your journey to a rewarding career today.

0 Comments

Submit your comments