तलब वृद्धिसँगै नयाँ तलब कति, हेर्नुहोस्!

तलब वृद्धिसँगै नयाँ तलब कति, हेर्नुहोस्!

 काठमाडौं । सरकारी कर्मचारीको तलब वृद्धिसँगै अब कार्यालय सहयोगी (पियन) को तलब २३ हजार ८ सय १७ रुपैँया पुगेको छ । हरेक सरकारी कर्मचारीको आधारभूत तलबमा अब २५ प्रतिशतले बृद्धि भएको छ ।

यसरी बढेको तलबमा कर्मचारीले पाउँदै आएको महंगी भत्ता र ग्रेड थप हुने व्यवस्थालाई यथावत राखिएको छ ।

In this blog

 काठमाडौं । सरकारी कर्मचारीको तलब वृद्धिसँगै अब कार्यालय सहयोगी (पियन) को तलब २३ हजार ८ सय १७ रुपैँया पुगेको छ । हरेक सरकारी कर्मचारीको आधारभूत तलबमा अब २५ प्रतिशतले बृद्धि भएको छ ।

यसरी बढेको तलबमा कर्मचारीले पाउँदै आएको महंगी भत्ता र ग्रेड थप हुने व्यवस्थालाई यथावत राखिएको छ ।

तलब वृद्धिपछि ग्रेडका कारण कार्यालय सहयोगीले पाउने २३ हजार ८ सय १७ रुपैँया खरदार र सुब्बाको भन्दा बढी हुन आउँछ । नयाँ बजेट घोषणापछि मुखिया तहको तलब १८ हजार ३ सय ३७, खरदार तहको तलब २२ हजार १ सय ६२ र सुब्बाको तलब २३ हजार ५ सय पुगेको छ ।
 

खरदार र सुब्बाको भन्दा पाँचौ तहको कार्यालय सहयोगीको तलब बढी देखिएको हो । कार्यालय सहयोगीको पाँच तह हुने र उनीहरुको ग्रेड र भत्ता थपिँदा सुब्बाको भन्दा बढी तलब हुन पुगेको हो ।

महंगी भत्ता र ग्रेड सहित एक तहको कार्यालय सहयोगीको न्यूनतम तलब १६ हजार ८ सय ६५ रुपैँया पुगेको छ भने पाँचौ तहको कार्यालय सहयोगीको तलब २३ हजार ८ सय १७ रुपैँया पुगेको छ ।

बहिदारको तलब ३ हजार ४ सय ४५ रुपैँया बढेर १७ हजार २ सय २५ पुगेको छ ।

हाकिमको तलब कति ?

नयाँ बजेट घोषणासँगै अब मुख्यसचिवको तलब ५४ हजार ५ सय पुगेको छ भने सचिवको तलब ५१ हजार ४ सय १२ रुपैँया पुगेको छ । सहसचिवको तलव ४० हजार १ सय ३७ पुगेको छ ।

यस्तै उपसचिवको तलब ३४ हजार २ सय १२ पुगेको छ भने शाखा अधिकृतको तलब २४ हजार ४ बाट बढेर ३० हजार ५ सय पुगेको छ ।

राष्ट्रपति, मन्त्री र सांसदको पनि तलब वृद्धि

सरकारी तलब भत्ता खाने राष्ट्रसेवक कर्मचारीको तलबसँगै सांसद, मन्त्री र राष्ट्रपतिको पनि तलब वृद्धि भएको छ । अहिले सांसदको तलब ४६ हजार रहेकामा अब ५७ हजार ५ सय पुगेको छ । यस्तै मन्त्रीको तलब ४७ हजारबाट बृद्धि भएर ५८ हजार ७ सय ५० पुगेको छ ।
सांसदहरुको तलव सँगै घरभाडावापत पाउने सुविधासमेत वृद्धि भएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशको तलबसमेत २५ प्रतिशतले बृद्धि भएको छ ।

यसअघि राष्ट्रपतिले १ लाख २० हजार ३ सय ६० रुपैयाँ तलब बुझ्ने गरेकोमा अब १ लाख ५० हजार ४ सय ५० पुगेको छ । उपराष्ट्रपतिको तलब १ लाख ८ हजार २५ रुपैँया पुगेको छ । यसअघि उनको तलब ८६ हजार ४ सय २० थियो । प्रधानमन्त्रीको तलब यसअघि ६१ हजार ८ सय २० रहेकामा अब ७७ हजार २ सय ७५ पुगेको छ ।

सभामुखको तलब ५३ हजार ८ सय ५० बाट अब ६७ हजार ३ सय १२ रुपैँया पुगेको छ । र, प्रधानन्यायाधीशको तलब ५८ हजार ९ सय ४० रहेकोमा बृद्धि भएर ७३ हजार ६ सय ७५ पुगेको छ ।

Advance Your Career with Practical Training

Master high-demand skills through expert-led training designed for Nepal’s job market. Learn practical skills, earn certificates, and get 100% job assistance to boost your chances of getting hired.

Thousands of Jobs Waiting for You

Find jobs that perfectly match your skills, experience, and goals from thousands of verified listings across Nepal. Start your journey to a rewarding career today.

0 Comments


Submit your comments