जेष्ठ नागरिकलाई मासिक एक हजार भत्ता

जेष्ठ नागरिकलाई मासिक एक हजार भत्ता

विराटनगर–विराटनगर उपमहानगरपालिकाले १०० वर्ष पुगेका जेष्ठ नागरिकलाई मासिक एक हजार रुपैयाँ भत्ता दिने भएको छ। आर्थिक वर्ष ०७३/७४को बजेट सार्वजनिकीकरण कार्यक्रममा उपमहानगरपालिकाले १०० वर्ष पुरा गरेका नगरवासी जेष्ठ नागरिकलाई नगरपालिकाले सरकाले दिने सामाजिक सुरक्षा भत्ता बाहेक मासिक थप एक हजार रुपैयाँ भत्ता दिने जनाएको हो। बजेट सार्वजनिकीकरण कार्यक्रममा उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले नगरपालिकाले मनोरञ्जनका लागि निर्माणाधीन इको पार्क यसै वर्ष भित्र निर्माण सम्पन्न गर्ने र मिनि चिडियाखानाको निर्माण पनि थाल्ने जानकारी दिए। यस्तै विराटनगर उपमहानगरपालिकालाई कलर जोनको रुपमा विकास गर्ने, विद्युत बचत गर्न एल् इडी चिमको प्रयोग गर्ने,फोहोरमैलाको व्यवस्थापन गर्ने नगरवासीलाई घरजग्गा करमा १० प्रतिशत छुट दिने व्यवस्था पनि गरिएको छ।

In this blog

घरमा सोलार जडान गर्नेहरूलाई घर नक्सा पास दस्तुरमा २० प्रतिशत छुट गर्ने व्यवस्था पनि गरिने भएको छ। उपमहानगरपालिकाले आर्थिक वर्ष ०७३/७४का लागि करिव ५० करोड रुपैयाँ बजेट सार्वजनिक गरेको छ। अनुमानित रकम मध्ये २२ करोड ७९ लाख रुपैया" आन्तरिक श्रोतबाट,सरकारी अनुदानबाट २५ करोड रुपैयाँ, दातृ निकायबाट १ करोड १५ लाख र जनसहभागिताबाट ९८ लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको छ।

Advance Your Career with Practical Training

Master high-demand skills through expert-led training designed for Nepal’s job market. Learn practical skills, earn certificates, and get 100% job assistance to boost your chances of getting hired.

Thousands of Jobs Waiting for You

Find jobs that perfectly match your skills, experience, and goals from thousands of verified listings across Nepal. Start your journey to a rewarding career today.

Loading Comments...

Submit your comments