कृषि विकास बैंकमा २९८ जनालाई जागिर खुल्यो

कृषि विकास बैंकमा २९८ जनालाई जागिर खुल्यो

कृषि विकास बैंककमा झन्डै तीन सय जनाका लागि नयाँ जागिर खुलेको छ । बैंकले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै दुई सय ९८ पदका लागि आवेदन खुलेको जनाएको छ । चौथो र पाँचौ तहका लागि प्रतिस्पर्धामार्फत पदपूर्ति गरिने बैंकले जनाएको छ ।

In this blog

कृषि विकास बैंककमा झन्डै तीन सय जनाका लागि नयाँ जागिर खुलेको छ । बैंकले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै दुई सय ९८ पदका लागि आवेदन खुलेको जनाएको छ ।
चौथो र पाँचौ तहका लागि प्रतिस्पर्धामार्फत पदपूर्ति गरिने बैंकले जनाएको छ ।
पाँचौ तह अन्तर्गत व्यवसाय सहायक, सहायक स्तर प्रमथ श्रेणिमा ४० जना, चौथो तह अन्तर्गत लेखापाल, सहायक स्तर द्वितीय श्रेणीमा ७३ जना, चौथो तह अन्तर्गतकै लेखापाल, सहायक स्तर द्वितीय श्रेणीमा एक सय १४ जना र चौथो तहकै लेखापाल, सहायकस्तर द्वितीय श्रेणीका लागि ७१ जना कर्मचारी आवश्यक रहेको बैंकले जनाएको छ ।
लिखित तथा मौखिक रुपमा परीक्षामा समावेश हुनुपर्नेछ । आवेदन दिनेले प्रत्येक विषयका लागि प्रति विषय चार सय रुपैयाँ परीक्षा दस्तुर तिर्नुपर्नेछ । त्यस्तै समावेशी समूहतर्फ सहभागी हुन चाहनेले प्रति समूहका लागि दुई सय ५० रुपैयाँ थप दस्तुर थप्नुपर्ने छ । परीक्षाको लागि चाहिने पाठ्यक्रम तथा दरखास्त फारम बैंकको वेभ साइटबाट डाउनलोड गर्न सकिन्छ ।
लोक सेवा आयोगबाट प्राप्त स्वीकृती अनुसार यस बैंकको तपसील बम लोक सेवा आयोग ोजिम रिक्त पदहरूमा खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले निम्न शैक्षिक
योग्यता भएका योग्य नेपाली नागरिकहरूले तोकिए बमोजिमको दरखास्त फारम मिति २०७२÷०९÷२६ गते देखि २०७२÷१०÷१६ गते सम्म र दोब्बर दस्तुर तिरी मिति
२०७२÷१०÷२३ सम्म परीक्षा दस्तुर बापतको रकम परीक्षा केन्द्र तोकिएको कृषि विकास बैंक लिमिटेडको क्षेत्रीय कार्यालयको खातामा जम्मा गरी सो को सक्कल भौचर
दरखास्तसाथ संलग्न राखी हालसालै खिचिएको पासपोर्ट साइजको ४ (चार) प्रति फोटो सहित परीक्षा केन्द्र तोकिएको कृषि विकास बैंक लिमिटेडको क्षेत्रीय कार्यालयमा दर्ता
गराउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । दरखास्त फारमसाथ शैक्षिक योग्यताको प्रमाणपत्र, मार्कशिट (ट्रान्सक्रिप्ट), अनुभव तथा
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ । साथै विदेशस्थित शिक्षण संस्थाबाट शैक्षिक योग्यता हासिल गर्ने आवेदकहरूको हकमा सम्बन्धित निकायबाट
समकक्षता निर्धारण गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि समेत अनिवार्य रूपले दरखास्त फारमसाथ पेश गर्नुपर्नेछ । बहालवाला कर्मचारी भएमा दरखास्तसाथ विभागीय
स्वीकृति अनिवार्य पेश गर्नुपर्नेछ । परीक्षा दस्तुर संलग्न नरहेको, रीत नपुगेको तथा तोकिएको मितिभन्दा पछि प्राप्त हुने दरखास्तउपर कुनै कारबाही नहुने व्यहोरा सूचित गरिन्छ
। यस बैंकमा कार्यरत स्थायी÷अस्थायी÷मासिक पारिश्रमिक÷करार कर्मचारीहरूलाई उमेरको हद लाग्ने छैन । खुला प्रतियोगिताको लागि तोकिएको परीक्षा दस्तुरबाहेक
समावेशीतर्पm एकभन्दा बढी समूहमा सम्मिलित हुन चाहनेहरूको हकमा प्रत्येक समूहको लागि रु. २५०÷– (दुई सय पचास) को दरले थप दस्तुर बुझाउनु पर्नेछ । तर, खुला
प्रतियोगितातर्पm दरखास्त नदिई समावेशीतर्पmको एउटा समूहमा मात्र दरखास्त दिने उम्मेदवारले तोकिएको पदमा तोकिएको परीक्षा दस्तुर बुझाउनुपर्नेछ । अन्य कुराको हकमा
सम्बन्धित पदको दरखास्त फारममा उल्लेख भएबमोजिम हुनेछ । परीक्षा हुने स्थान पछि प्रकाशित गरिने छ । दरखास्त फारम तथा पाठ्यक्रम यस बैंकको वेभ साइट
http://adbl.gov.np/uploads/file/Open 2072-73/2072-73_Khulla_Wanted 7,8,9,10.pdf  बाट Download गर्न सकिने छ । 
 

Advance Your Career with Practical Training

Master high-demand skills through expert-led training designed for Nepal’s job market. Learn practical skills, earn certificates, and get 100% job assistance to boost your chances of getting hired.

Thousands of Jobs Waiting for You

Find jobs that perfectly match your skills, experience, and goals from thousands of verified listings across Nepal. Start your journey to a rewarding career today.

Loading Comments...


Submit your comments