काठमाडौं महानगरमा ४० जनालाई जागिर खुल्यो

काठमाडौं महानगरमा ४० जनालाई जागिर खुल्यो

काठमाडौं: काठमाडौं महानगरपालिकाले ४० दरबन्दीमा खुल्ला प्रतिस्पर्धाबाट परिपूर्ति गर्ने भएको छ ।

सोमबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो ।

महानगरपालिकाले सार्वजनिक गरेको सूचना अनुसार नायक सुब्बा वा सो सरह, सहायक स्तर पाँचौ तहको लागि सात जना, सहायक स्तर पाँचौ तहको लेखापालका लागि तीन जना, खरिदार वा सो सरह सहायक स्तरको चौथो तहका लागि २५ जना तथा सहलेखापाल चौथो तहका लागि पाँचजनाको दरखास्त आह्वान गरिएको महानगरपालिकाको कार्यालयले जनाएको छ ।

कसकसले दिन पाउँछ आवेदन
पद अनुसार एसएलसी उत्र्तीणदेखि प्रविणता प्रमाणपत्र तह उत्र्तीण सम्मले आवेदन दिन पाउनेछन् ।

सहायक स्तर पाँचौ तहको, नायव सुब्बा वा सो सरहको पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रवीणताप्रमाणपत्र तह उत्र्तीण गरेको हुनुपर्नेछ ।

त्यस्तै लेखापालका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन तथा वाणिज्य शास्त्रमा प्रवीणता प्रमाणपत्र तह वा अर्थशास्त, गणित, तथ्यांकशास्त वा जनप्रशासन मध्ये कुनै एक मूल विषय लिएर प्रवीणता प्रमाणपत्र उर्तीण गरेको व्यक्तिले आदेवन दिन पाउनेछन् ।

त्यस्तै सहायक स्तरको चौथो तहको खरिदार वा सो सरहको पद तथा सहलेखापालका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट एसएलसी परीक्षा उत्र्तीण गरेको हुनुपर्नेछ ।

In this blog

फारम भर्ने समय कहिलेसम्म ?

आवेदकको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । तर महिलाको हकमा भने ४० वर्षसम्म आवेदन दिन पाउनेछन् । महानगरमा कार्यरत कर्मचारीका लागि भने उमेर हद तोकिएको छैन् ।

आवश्यक शैक्षिक योग्यता पुगेका नेपाली नागरिकले आगामी वैशाख २१ गते सम्म आवेदन फारम बुझाउन सक्नेछन् । वैशाख २१ गते सार्वजनिक बिदाको दिन परेमा कार्यालय खुलेको दिन सम्म बुझाउन सकिनेछ । त्यस्तै दोब्बर दस्तुर तिरेर थप सात दिनसम्म फारम बुझाउन सकिने महानगरपालिकाले जनाएको छ ।

परीक्षा दस्तुर कति
लिखित र मौखिक दुवै रुपमा परीक्षा लिइने छ । त्यस्तै कम्प्युटरको सीप पनि जान गरिनेछ । परीक्षा केन्द्र महानगरपालिकाले अर्को सूचना जारी गरी जानकारी गराउने जनाएको छ ।

फारम भर्नका लागि फारम शुल्क एक सय रुपैयाँ लाग्ने छ । त्यस्तै सहायक स्तर पाँचौ तहको लागि परीक्षा शुल्क चार सय रुपैयाँ लाग्नेछ । सहायक स्तर चौथो तहका लागि तीन सय रुपैयाँ लाग्नुका साथै प्रत्येक थप समावेशी समूहका लागि थप दुई सय रुपैयाँ लाग्ने महानगरपालिकाले जनाएको छ ।

विभिन्न विषयको पाठ्यक्रम kathmandu.gov.np मा राखिएको छ ।

Advance Your Career with Practical Training

Master high-demand skills through expert-led training designed for Nepal’s job market. Learn practical skills, earn certificates, and get 100% job assistance to boost your chances of getting hired.

Thousands of Jobs Waiting for You

Find jobs that perfectly match your skills, experience, and goals from thousands of verified listings across Nepal. Start your journey to a rewarding career today.

Loading Comments...

Submit your comments