उच्च माध्यमिक शिक्षा परिषदले मंगलबार कक्षा ११ को परीक्षाफल सार्वजनिक गर्ने भएको छ। आज बिहान बसेको परिषदको बोर्ड बैठकले अधिकांश काम पुरा भइसके पनि केही मिसिङ केस बाँकी रहेकाले भोलि बिहान ८ बजेभित्रमा परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको परिषदका सदस्य सचिव नारायणप्रसाद कोइरालाले बताए।
In this blog

‘हामीले लभगभ सबै काम पुरा गर्यौं, केही मिसिङ केस बाँकी रहेकाले आज रातिसम्ममा सबै सकाएर भोलि नजिता सार्वजनिक गर्छौ,’ कोइरालाले भने।
उनका अनुसार इन्धन अभावका कारण तथ्यांक संकलन र संकलित तथ्यांक इन्ट्रिमा समस्या भएकाले परीक्षाफल प्रकाशित गर्न केही ढिलाइ भएको हो। गत जेठ २० गतेदेखि भएको परीक्षामा झण्डै ५ लाख विद्यार्थी सहभागी थिए।
0 Comments