एलजीसीडीपी अधिकृतमा २ सय ९२ का लागि जागिरको अवसर, मासिक ५० हजार तलब पाउने

एलजीसीडीपी अधिकृतमा २ सय ९२ का लागि जागिरको अवसर, मासिक ५० हजार तलब पाउने

काठमाण्डौ । स्थानीय विकास मन्त्रालयले दाताहरुको सहयोगमा संचालन गरिरहेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम(एलजिसीडीपी)का लागि देशभरबाट २ सय ९२ अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । निकै आकर्षक तलब, सेवा सुविधा पाइने यो कार्यक्रमका लागि दोश्रो चरणमा यति धेरै अधिकृतहरु माग गरिएको हो । माग गरिएका अधिकृतहरुले देशभरका २१७ नगरपालिका र ७५ वटा जिल्ला विकास समितिमा कार्यक्रमको फोकल पर्सनको रुपमा कार्य गर्नुपर्नेछ । सूचना प्रकाशित गर्दा अधिकृतहरुले मासिक ३० हजार बेस तलब पाउने, काम गरेको नगरपालिका वा जिविसबाट अन्य सेवासुविधाको सम्झौता हुने र भत्ता तथा अन्य सुविधा समेत गरी मासिक ५० हजार भन्दा बढी पुग्नेछ ।

In this blog

काठमाण्डौ । स्थानीय विकास मन्त्रालयले दाताहरुको सहयोगमा संचालन गरिरहेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम(एलजिसीडीपी)का लागि देशभरबाट २ सय ९२ अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । निकै आकर्षक तलब, सेवा सुविधा पाइने यो कार्यक्रमका लागि दोश्रो चरणमा यति धेरै अधिकृतहरु माग गरिएको हो । माग गरिएका अधिकृतहरुले देशभरका २१७ नगरपालिका र ७५ वटा जिल्ला विकास समितिमा कार्यक्रमको फोकल पर्सनको रुपमा कार्य गर्नुपर्नेछ । सूचना प्रकाशित गर्दा अधिकृतहरुले मासिक ३० हजार बेस तलब पाउने, काम गरेको नगरपालिका वा जिविसबाट अन्य सेवासुविधाको सम्झौता हुने र भत्ता तथा अन्य सुविधा समेत गरी मासिक ५० हजार भन्दा बढी पुग्नेछ ।    एलजिसिडीपी कार्यक्रमका लागि देशभरका सबै २१७ नगरपालिका र ७५ वटा जिल्ला विकास समितिमा एकजनाको दरले कार्यक्रम अधिकृत(फोकल पर्सन)का लागि दरखास्त आह्वान गरिएको हो । करार सेवामा काम गर्न इच्छुक र योग्य उम्मेद्वारहरुल्े सम्बन्धित कार्यालयमै गएर दरखास्त फारम भर्न सक्ने र फागुन १९ गतेसम्म दरखास्त दिन सकिने मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ । फारम भर्दा उम्मेद्वारले एकहजार रुपियाँ शुल्क बुझाउनुपर्नेछ । परीक्षार्थीहरुले लिखित र अन्तरवार्ताको सामना गर्नुपर्नेछ । उम्मेद्वारको योग्यता र अन्य शर्तहरुको बिषयमा एलजिसिडीपी कार्यक्रम कार्यविधि अनुरुप हुने र सोही कार्यविधि अध्ययन गर्न समेत भनिएको छ । उम्मेद्वारहरुले थप जानकारीका लागि सम्बन्धित नगरपालिका वा जिल्ला विकास समितिको कार्यालयबाट पाउने समेत बताइएको छ ।

Advance Your Career with Practical Training

Master high-demand skills through expert-led training designed for Nepal’s job market. Learn practical skills, earn certificates, and get 100% job assistance to boost your chances of getting hired.

Thousands of Jobs Waiting for You

Find jobs that perfectly match your skills, experience, and goals from thousands of verified listings across Nepal. Start your journey to a rewarding career today.

0 Comments


Submit your comments