उप कार्यालय सहायक
Administrator

Position: उप कार्यालय सहायक (Newspaper Job)

  • No. of Openings 1
  • Category General Mgmt. / Administration
  • Job Location 1
  • Job Level Junior Level
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Apr 09, 2021 (Expired)
Job Description

लोकसेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम देहायको सेवा/समूहमा रिक्त रहेका पदमा खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा द्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले निम्नानुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यस केन्द्रको दरखास्त फाराममा भएको विवरण भरी आफुले प्राप्त गरेको नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपीहरु उम्मेदवार स्वंयले प्रमाणित गरी हालसालै खिचेको पासपपोर्ट साइजको फोटो २ प्रति फारमको निर्दिष्ट स्थानमा टॉसी प्रथम पटक विज्ञापन प्रकाशित मितिले २१ दिन भित्र र थप ७ दिन भित्र दोब्बर दस्तुर बुझाई दरखास्त दर्ता गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा सो को भोलिपल्ट दरखास्त पेश गर्न सकिनेछ । रित नपुगेको वा म्याद नाघी प्राप्त हुन आएको दरखास्त उपर कुनै कारवाही हुने छैन । दरखास्त फाराम तथा पाठ्यक्रम केन्द्रको वेबसाइट www.acpc.gov.np बाट प्राप्त गर्न सकिनेछ ।

बि.नं.: ७/०७७/७८
पदको नाम: उप कार्यालय सहायक
तह:
सेवा/समूह: प्रशासन/ सामान्य प्रशासन
समावेशी/खुल्ला: खुल्ला
पद: १ (एक)
परीक्षाको दस्तुर: ३००/-
परीक्षाको किसिम: लिखित/अन्तर्वार्ता
शैक्षिक योग्यता:
मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तीमा प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको ।

द्रष्टव्य :

  •     परीक्षाको माध्यम भाषा नेपाली वा अंग्रेजी अथवा नेपाली र अंग्रेजी दबै हुनेछ ।
  •     लिखित परिक्षाबाट छनौट भएका उम्मेदवारहरु मात्र अन्तर्वातामा सम्मिलित हुन पाउनेछन ।
  •     उम्मेदवारहरुको उमेर १८ वर्ष पुरा भई पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
  •     दरखास्त साथ शैक्षिक योग्यताका प्रमाणपत्रहरु (लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र र नेपाली नागरिकताको प्रमाणपत्रहरुको प्रतिलिपी संलग्न गर्नु पर्नेछ ।
  •     समकक्षता निर्धारण गर्नुपर्ने शैक्षिक योग्यताका हकमा समकक्षता निर्धारण गरिएको प्रतिलिपी अनिवार्य रुपमा पेश गर्नु पर्दछ ।
  •     तलब भत्ता र अन्य सुविधा केन्द्रको नियमानुसार हुनेछ ।
  •     परीक्षा कार्यक्रम लोकसेवा आयोगले तोके बमोजिम हुनेछन ।

 

This job has been expired on 2021-04-09
Share: