Mithila Laghubitta Bikash Bank Ltd.

About Us

कम्पनी ऐन, २०६३ बमोजिम सम्वत् २०६५ मंसिर ८ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सम्बत् २०६६ बैशाख ४ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न इजाजत प्राप्त गरी यस मिथिला लघुवित्त विकास बैंक लि. को स्थापना भएको हो । गरिव तथा विपन्न बर्गका महिलाहरुको घर आँगनमा लघुवित्त सेवा  उपलब्ध गराई उनीहरुको आर्थिक तथा सामाजिक स्तरबृद्विमा महत्वपुर्ण भुमिका खेल्दै आईरहेको छ । यस मिथिला लघुवित्त विकास बैंकको हाल कायम १० जिल्ला कार्यक्षेत्र मध्ये सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, रौतहट, वारा, उदयपुर र रामेछाप जिल्ला गरि सबै १० जिल्लामा १८ वटा शाखाहरु संचालनमा आई सकेका छन ।

         यस मिथिला लघुवित्त विकास बैंक लि. को प्रमुख उदेश्य आर्थिक रुपले अति कठोर जीवन विताईरहेका  ग्रामीण परिवारलाई विपन्नतावाट माथि उठाई स्वावलम्वी बनाउन सामूहिक जमानीमा विना धितो कर्जा प्रवाह गरी आर्थिक एवं सामाजिक क्रियाकलावमा उनीहरुको सहभागिता अभिबृद्धि गर्ने रहेको छ । बैंकले आफ्नो उदेश्य प्राप्तीका लागि उनीहरुको आत्म विश्वास जगाई जाति, धर्म, लिंङ्ग तथा राजनैतिक आस्थाका आधारमा कसैलाई भेदभाव नगरी सदस्यहरुमा रहेको शीप र जाँगरलाई आयमुलक कार्यमा लगाउन प्रोत्साहन गर्ने तर्फ सदैव जोड दिईनेछ ।

Recent Vacancies

About Company

    • Industry: Large
    • Company Nature : Bank/Financial Institution
    • Address: Dhalkeber, Dhanusha
    • Company Size : Above 100 Emp
    •  Visit Website

Current Vacancies



© 2017 Kumarijob Pvt. Ltd. All Rights Reserved.

Reproduction of material of any kumarijob.com pages without written permission is strictly prohibited.