मलेसियामा १५ लाख कामदार लैजान बंगलादेशसँग सम्झौता

मलेसियामा १५ लाख कामदार लैजान बंगलादेशसँग सम्झौता

Feb 19, 2016

मलेसिया र बंगलादेशवीच १५ लाख बंगलादेशी कामदारलाई मलेसियामा रोजगारी दिने सम्झौता भएको छ ।
बंगलादेश भ्रमणमा रहेका मलेसियाली मानव संसाधनमन्त्री र बंगलादेशका श्रममन्त्रीवीच विहीबार ढाकामा सम्झौता भएको बंगलादेशी अनलाइन द स्टारले जनाएको छ ।

सम्झौताअनुसार आगामी तीन बर्षमा बाषिर्क ५ लाखका दरले करिव १५ लाख बंगलादेशी कामदार मलेसिया जानेछन् । ‘जीटुजी प्लस’ प्रणालीअन्र्तत दुवै देशका सरकारको प्रत्यक्ष संलग्नतामा म्यानपावर कम्पनीसमेतको सहभागीतामा यी कामदारलाई मलेसिया लगिने छ । बंगलादेशी कामदारले निर्माण, सेवा, उत्पादन र कृषि लगायतका क्षेत्रमा रोजगारीको अबसर पाउनेछन् ।
यो प्रणाली अन्र्तगत मलेसिया जाने बंगलादेशी कामदारले ८ देखि ९ सय रिंगेट तलव पाउने सम्झौतामा उल्लेख छ ।
यसअघि मलेसिया र बंगलादेशवीच सरकारी तहबाटै कामदार लैजान सन् २०१२ मा सम्झौता भएको थियो । त्यसअन्र्तगत जम्मा १० हजार बंगलादेशी कामदार मलेसिया गएका थिए । सो अभियान सफल नभएपछि मलेसिया सरकारले जीटुजी प्लस प्रणाली अन्र्तगत १५ लाख बंगलादेशी कामदार लैजाने घोषणा गरेको थियो ।
दुई देशवीचको यो सम्झौताले मलेसियामा नेपाली कामदारले पाउँदै आएको अबसरमा समेत असर पर्ने छ ।

Loading Comments...

Submit your comments