एम.बि.ए विद्यार्थीका लागी कुमारी जबबाट जब वर्कशपको आयोजना- Training in Nepal

२० फाल्गुन, काठ्माण्डौ
रोजगारिको क्षेत्रमा निरन्तर आफ्नो सेवा मार्फत हजारौ जब सिकरलाई टेवा पुर्याउदै आगाडी बढीरहेको संस्था कुमारीजबले फोनिक्स कलेजमा एम.बि.ए. का विद्यार्थीकालागी जोब वर्कशपको आयोजना गरेको थियो । यस वर्कशपमा कुमारिजबका म्यानेजिङ डिरेक्टर्, सन्देश भण्डारीले ५५ जना विद्यार्थीलाई करियर सम्बन्धी बिभिन्न टिप्स दिनुभयो । उहाको आनुसार कडा मिहनेत र सही समयको निर्णयबिना कुनै पनि मानिस सफलताको सिडी चढ्न सक्दैन । धेरैजसो मनिसलाई सिभि, बायोडाटा र रेजुमिको बारेमा भिन्नता थाहा हुँदैन । सबै भन्दा पहिले सिभि, बायोडाटा र रेजुमिको बारेमा बिस्तृत जनकारी हुनै पर्छ ।
यसैगरी कुमारीजबले स्थापना कालदेखिनै बिभिन्न कलेजहरुमा ट्रेनिङ्हरु सन्चालन गर्दै आएको छ । अहिलेसम्म उपत्यका भित्रका २० भन्दा बढी शिक्षण संस्थाका १००० भन्दा बढी विद्यार्थीले प्रतक्ष लाभ उठाइसकेका छन । कुमारीजबले भविष्यमा उपत्यका बहिर पनि आफ्नो ट्रेनिङ बिस्तार गर्ने लक्ष लिएको छ ।