अमेरिकामा पनि नेपालीलाई वोर्किङ भिसा

अमेरिकामा पनि नेपालीलाई वोर्किङ भिसा

Aug 05, 2016

न्युर्योक । अमेरिकाले सन् २०१७ देखि लागू हुने गरी एच-वान बी वर्किङ भिसा जारी गर्ने भएको छ।


न्युर्योक । अमेरिकाले सन् २०१७ देखि लागू हुने गरी एच-वान बी वर्किङ भिसा जारी गर्ने भएको छ। अति दक्ष कामदारका लागि उपलब्ध हुने यो भिसामा धेरैको पहिलेदेखि चासो रहँदै आएको छ। एच-वान बी भिसा मूलत प्रविधि क्षेत्रमा काम गर्नेहरुका लागि चासोको विषय हुने गर्छ। विज्ञान, प्रविधि र कम्प्युटर प्रोग्रामरहरुका लागि अमेरिकामा काम गर्नका लागि यो महत्वपूर्ण समाचार पनि हो।

अक्टोबर १ बाट सुरु हुने आर्थिक वर्ष २०१७ का लागि ६५ हजारले यो भिसा पाउने छन्। सुरुमा २० हजार एच – १ बी निवेदक अमेरिकामा स्नातकोत्तर पूरा गरेका वा उच्च शिक्षा हासिल गरेकाहरु हुनेछन् जसलाई ६५ हजारमा समेटिएको छैन। अमेरिकाको नागरिकता तथा अध्यागमन सेवाले यसै वर्षका लागि ५ दिनभित्र ६५ हजारभन्दा बढी आवेदन स्वीकार्ने जनाएको छ।    

के हो एच-वान बी भिसा? इमिग्रेसन एन्ड नेसनालिटी एक्टमा भएको व्यवस्था अनुसार एच-वान बी नन इमिग्रेन्स भिसा दिइन्छ। यसले विदेशी कामदारलाई अमेरिकामा अस्थायी रुपमा काम गर्नका लागि अनुमति दिन्छ। यस्तो भिसा लागेका कामदारलाई कम्पनीले हटायो भने मुद्दा चल्छ र उनले अर्को कम्पनीमा सहजै काम गर्न समेत पाउँछ।

Read: How to Apply?

Loading Comments...


Submit your comments