नेपालीको तलब १ लाख ३० हजार,कोरियामा

नेपालीको तलब १ लाख ३० हजार,कोरियामा

Jul 17, 2016

रोजगार अनुमति प्रणाली (इपीएस) बाट मजदुरी गर्न दक्षिण कोरिया आएका कामदारको न्यूनतम तलब १ लाख ३० हजार रुपैया हुने भएको छ | कोरियाको ज्याला निर्धारण समितिको १५ औ बैठकले ६ दशमलब ३ प्रतिशतले वृद्दि गर्ने निर्णय सनिबार गरेसंगै नेपाली कामदारको न्यूनतम तलबमा वृद्दि भएको हो |

सन् ०१७ देखि लागु हुँने नया तलबअनुसार मजदुरले प्रतिघन्टा ६ हजार ४ सय ७० वन (करिब ६ सय रुपैया ) पाउने भएका छन् | हाल प्रतिघन्टा ६ हजार ३० वन पाउदै आएका छन् |
तलब वृद्धिसंगै उधोगको प्रकृतिअनुसार  महिनामा २०९ घन्टा काम गर्ने नेपाली कामदारले न्यूनतम १३ लाख ५२ हजार २ सय ३० वन (करिब १ लाख ३० हजार रुपैया) पाउने भएका छन् |

शुक्रबार साझ ५ बजेदेखि ज्याला निर्धारण समितिको कार्यालय सेजोङ्ग सीमा भएको बैठक राति अबेरसम्म पनि समझदारी नभएपछि मतदान भएको थियो | समितिमा मजदुर , रोजगारदाता र सरकारी प्रतिनिधि  ९/९ गरी २७ जना रहने व्यवस्था छ |
मतदानमा सरकारी र रोजगारदाता प्रतिनिधि १६ जना मात्र सहभागी भएका थिए | १६ मध्ये १४ जनाले ७ दसमलब ३ प्रतिशत बढाउनुपर्छ भन्ने प्रस्ताबको पक्षमा मतदान गरेका थिए भने १ जना तटस्थ र १ जनाले बहिस्कार गरेका थिए | मजदुर प्रतिनिधिहरुले भने प्रतिघन्टा १० हजार  वन हुनुपर्ने माग राख्दै मतदान बहिस्कार गरेका थिए | बहुमतले प्रस्तावको पक्ष्यमा मतदान गरेपछि समितिका अधक्ष्य पार्क जुन सांगले ०१७ का लागि मजदुरको तलब ७ दसमलब ३ प्रतिशतले वृद्धि भएको घोसणा गरेका थिए |

सनिबार पारित भएको प्रस्तावका लागि २० दिनसम्म उजुरी म्याद राखिएको छ |

(कान्तिपुर)

Loading Comments...

Submit your comments