बैंक तथा वित्तीय संस्थाको पनि तलब बृद्धि हुने

बैंक तथा वित्तीय संस्थाको पनि तलब बृद्धि हुने

Jun 05, 2016

काठमाडौं । सरकारले आफ्ना कर्मचारीहरुको तलव २५ प्रतिशतले बढाएपछि निजी क्षेत्रका कम्पनीहरुलाई पनि तलव सुविधा बृद्धि गर्न दबाब परेको छ । खासगरी बैंक तथा वित्तीय संस्था, बीमालगायत कर्पोरेट हाउसहरुलाई तलव सुविधा वढाउन दबाब परेको हो ।
 
सरकारले  शनिवार बजेट प्रस्तुत गर्दै साउन १ बाट लागू हुने गरी तलव २५ प्रतिशत बढाउँदै र १००० रुपैयाँ भत्तालाई निरन्तरता दिएको छ । सरकारी तलव बृद्धिसँगै मूल्य बृद्धि दर उक्लिने र निजी क्षेत्रका कर्मचारीबाट पनि सुविधाको माग वढ्ने हुँदा उनीहरुलाई बढाउन दवाव परेको हो ।
 
नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले सरकारी कर्मचारीको तलब बढेपछि बै‌ंकहरुमा  तलव सुविधा बृद्धि गर्न दबाब परेको बताए ।
 
'अहिलेको भरै नै त तलव बढ्दैन तर बढाउन भने दबाब पर्छ,' उनले बिजमाण्डूसँग भने, 'जब सरकारले तलव बढाउँछ अनि मूल्य बृद्धि पनि उक्लिन थाल्छ । यसले गर्दा निजी बैंकका कर्मचारीहरुको तलव सुविधा बढाउनु पर्ने हुन्छ ।'

काठमाडौं । सरकारले आफ्ना कर्मचारीहरुको तलव २५ प्रतिशतले बढाएपछि निजी क्षेत्रका कम्पनीहरुलाई पनि तलव सुविधा बृद्धि गर्न दबाब परेको छ । खासगरी बैंक तथा वित्तीय संस्था, बीमालगायत कर्पोरेट हाउसहरुलाई तलव सुविधा वढाउन दबाब परेको हो ।
 
सरकारले  शनिवार बजेट प्रस्तुत गर्दै साउन १ बाट लागू हुने गरी तलव २५ प्रतिशत बढाउँदै र १००० रुपैयाँ भत्तालाई निरन्तरता दिएको छ । सरकारी तलव बृद्धिसँगै मूल्य बृद्धि दर उक्लिने र निजी क्षेत्रका कर्मचारीबाट पनि सुविधाको माग वढ्ने हुँदा उनीहरुलाई बढाउन दवाव परेको हो ।
 
नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले सरकारी कर्मचारीको तलब बढेपछि बै‌ंकहरुमा  तलव सुविधा बृद्धि गर्न दबाब परेको बताए ।
 
'अहिलेको भरै नै त तलव बढ्दैन तर बढाउन भने दबाब पर्छ,' उनले भने, 'जब सरकारले तलव बढाउँछ अनि मूल्य बृद्धि पनि उक्लिन थाल्छ । यसले गर्दा निजी बैंकका कर्मचारीहरुको तलव सुविधा बढाउनु पर्ने हुन्छ ।'
 
संस्थागत सुशासन राम्रो भएका बैंकहरुले प्रत्येक दुई बर्षमा तलव सुविधा बृद्धि गर्छन् । त्यस्ता बैंकहरुलाई पनि सरकारले बढाएपछि सुविधा बृद्धि गर्न दबाब पुगेको हो ।
 
डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष तथा कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले पनि सरकारी बृद्धिले निजी क्षेत्रलाई पनि दबाब सिर्जना गर्ने जानकारी दिए ।
 
'हामीले हरेक दुई बर्षमा कर्मचारीको सेवा सुविधा बढाइरहेका हुन्छौं,' उनले भने, 'सरकारको बढेपछि कर्मचारीहरु आफ्नो पनि वढोस् भन्ने चाहन्छन् । यस्तोमा मोरल्ली दबाब हुन्छ ।' लामिछानेले तलव सुविधाका कारणले कर्मचारीको कामलाई पनि प्रभावित गर्ने भएकाले तलव बढाएर मनोबल बलियो पार्न आवश्यक हुने जानकारी दिए ।
 
ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले हिस्टोरिकल रुपमा सरकारी तलव बढ्दा निजी क्षेत्रका बैंकमा पनि वढाउन दबाब हुने गरेको जानकारी दिए ।
 
बिमक संघ अध्यक्ष विजयवहादुर शाहले हिजैबाट तलव वढाउन दवाव सुरु भएको जानकारी दिँदै भने- सरकारले तलव धेरै बढायो । यसले  हामीजस्ता संस्थाहरुलाई दबाब हुन्छ नै ।
 
उनले भने- निजी क्षेत्रमा सामान्यतया तलव वढि हुन्छ  । सरकारी बृद्धि हुँदा धेरै तलव हुने ठाउँमा कम दबाब र कम हुने ठाउँमा वढि दबाब पुग्छ ।

Loading Comments...


Submit your comments