गाईपालनले २ करोड भित्रियो ||

गाईपालनले २ करोड भित्रियो ||

Apr 17, 2016

दूधबाट आम्दानी भएपछि विदेश जाने भिसा रद्द गरेर किमडाँडामा गाई पाल्नेको लहर चलेको छ । कतिपय विदेशबाट फर्केर गाईपालनमा लागेका छन् ।

‘दूधबाट यस गाउँमा वार्षिक २ करोड रुपैयाँभन्दा बढी भित्रिन्छ,’ लक्ष्मी गाईपालन समूहका अध्यक्ष धर्मराज बञ्जाडेले भने, ‘दूध बेचेर वर्षमा १ देखि ६ लाख रुपैयाँसम्म आम्दानी गर्ने कृषक छन् ।’
उत्पादित दूध संकलन केन्द्रमार्फत सदरमुकाम सन्धिखर्कमा बिक्री हुन्छ । दूधबाट राम्रो कमाइ भएपछि कृषक उत्साहित भएको उनले बताए ।
एउटा जर्सीगाईको दूध बेचेर महिनामा १५ हजार रुपैयाँ आम्दानी हुने गर्छ । घोचेखोलाका युवा रामु बञ्जाडे लामो समय कतारमा रोजगारी गरे । गाईबाट राम्रो आम्दानी हुने थाहा पाएपछि भिसा रद्द गरेर ४ वर्षदेखि गाई पालेका छन् ।

कतारको कमाइभन्दा गाईको दूध बेचेर दोब्बर आम्दानी भएपछि उनी यतै व्यस्त भएका हुन् । उनी अब विदेश नजाने सोचमा छन् । उनीसहित २० युवा विदेश छाडेर यता लागेका हुन् ।
घोचेखोलामा ५ रोपनी खेत भाडामा लिएर गाई पालेका ढाकाबाङका जगत बेल्बासेले पनि राम्रो आम्दानी गरेका छन । किमडाँडामा ८ वर्षअघि खेतबारीमा वर्षदिन दु:ख गरेर खान नपुगेपछि परिवार पाल्न मजदुरी र विदेश जान बाध्य थिए ।
२०६४ मा लुम्बिनी सामाजिक विकास केन्द्रले जर्सीगाई ल्याएर परीक्षण गरिएको थियो । राम्रो भएपछि सबैलाई केन्द्रले गाई दिएको थियो । दूधको आम्दानीबाट आठ वर्षमै गाउँको मुहार फेरिएको छ । घोचेखोलाकी जानका बञ्जाडेले दैनिक ६५ लिटर दूध बिक्री गर्छिन् ।
८ मध्ये ५ गाई दुहुना छन् । दूध बेचेर उनले वर्षमा ६ लाख रुपैयाँ बचत गर्छिन् । उनकै अध्यक्षतामा महिला गाईपालन समूह गठन गरिएको छ । समूहमा २५ महिला आबद्ध छन् ।
अगुवा कृषक गणेश बञ्जाडेले ७ वटा गाई पालेका छन् । एउटा गाईले १० देखि १५ लिटरसम्म दूध दिन्छ । दूध बेचेर घरैपिच्छे कमाइ भएको र यसले गाउँकै मुहार फेरिएको उनले बताए । उनले वर्षमा ७ लाख कमाइ गर्छन् । जानकाले घरमै पनिर बनाउने गर्छिन् ।

-Source (ekantipur.com)

Loading Comments...

Submit your comments