एनसीसी र कुमारी बैंक गाभिने

एनसीसी र कुमारी बैंक गाभिने

Jan 13, 2016

काठमाडौं । एनसीसी बैंक र कुमारी बैंक एकआपसमा गाभिने भएका छन् । बुधबार साँझ र्‍याडिसन होटलमा मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
राष्ट्र बैंकले पुँजी वृद्धिको व्यवस्था गरेपछि यी दुई बैंकबीचको मर्जर सम्झौता तेस्रो हो । यसअघि माछापुच्छ्र्रे र जनता बैंकबीच मर्जरको सम्झौता भएको थियो । दुई तीन अघिमात्रै यी बैंकलाई राष्ट्र बैंकले मर्जरको सहमति दिएको थियो ।
केही हप्ता अघि मात्रै बैंक अफ काठमाण्डू र लुम्बिनी बैंकले पनि एक आपसमा गाभिने सम्झौता गरिसकेका छन् ।

राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेपछि कम पुँजी भएका बैंकहरुलाई मर्जरमा जान तीब्र दबाव परेको हो ।
एनसीसी बैंक झन्डै तीन वर्षदेखि राष्ट्र बैंकको नियन्त्रणमा छ । एनसीसी बैंकले यसअघि नै इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकलाई गाभ्ने सम्झौता गरिसकेको छ ।
मर्जरपछि बन्ने नयाँ बैंकलाई चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्‍याउन कुनै कठिन छैन । चाँडै मर्जर सम्पन्न भए संवभत यो बैंक नै सबैभन्दा पहिला आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने बैंक बन्ने छ ।

Loading Comments...

Submit your comments