छोराछोरी पढाउन भन्दै आमाले सिक्न थाले अङ्ग्रेजी

छोराछोरी पढाउन भन्दै आमाले सिक्न थाले अङ्ग्रेजी

Jan 04, 2016

चितवन– घरमा छोराछोरी पढाउन र मोबाइल तथा इन्टरनेट प्रयोग गर्न भन्दै चितवनको खैरहनीका आमाहरू अङ्ग्रेजी शिक्षा लिन थालेका छन् ।

स्कुलमा पढ्ने आफ्ना बालबालिकालाई अङ्ग्रेजी पढाउन र विदेशमा रहेका आफन्तलाई कुनै सन्देश पठाउनका लागि भन्दै उनीहरू अङ्ग्रेजी शिक्षा लिन थालेका हुन् । यहाँका ६० जना गृहिणी अहिले एकमहिने कक्षामा सहभागी भएका छन् ।

महिला सशक्तीकरण र व्यक्तित्व विकास गर्नु अर्काे लक्ष्य रहेको उनीहरूले बताएका छन् । एटिट्युड मल्टी लर्निङ एकाडेमीले उनीहरूलाई एकमहिने अङ्ग्रेजी भाषा प्रशिक्षण दिन थालेको हो । उक्त एकाडेमीका सञ्चालक दिनेश परियारले गृहिणीले नै माग गरेपछि अङ्ग्रेजी शिक्षा दिन थालेको बताए ।

बुधबारदेखि सुरु गरिएको कक्षा एक महिनासम्म चल्ने र सो अवसरमा महिलालाई सामान्य भए पनि अङ्ग्रेजी शिक्षा सिकाइने उनको भनाइ छ । विदेशमा रहेका आफन्तसँग इन्टरनेटमा सन्देश पठाउन र बालबालिकालाई घरमा पढाउनका लागि शिक्षा लिन थालिएको हो । अहिले नेपाली युवा धेरै विदेशमा रहेकाले गृहिणीलाई परिवारसँग कुरा गर्न र मोबाइल प्रयोग गर्नका लागि पनि अङ्ग्रेजी शिक्षा आवश्यक भइरहेको छ ।

Loading Comments...

Submit your comments