Blog

Kumari Job is the perfect platform if you are looking for jobs and also looking for candidates.

लोकसेवामा सोधिने अति महत्वपुर्ण १६ प्रश्नहरु |

यी हुन् लोकसेवामा सोधिने १६ वोटा महत्वपुर्ण प्रश्नहरु :

१) वि.सं २०७१ पुसमा काठमाडौमा सम्पन्न नेपाल्स मिस टिन अफ द ईयरको उपाधि जित्ने सुन्दरी को हुन् ?

– प्रियंका पाण्डे

२) वि.सं २०७१ पुसमा काठमाडौंमा सम्पन्न नेपाल्स मिस Plus 2 अफ द इयरको उपाधि जित्ने सुन्दरी को हुन् ?

सुप्रिया हमाल

३) वि.सं २०७१ पुसमा चितवनमा सम्पन्न हात्ती सुन्दरी प्रतियोगिताको उपाधि कसले जित्यो ?

– पिङकीकली

४) नाकको टुप्पोले सबैभन्दा चाडो टाइप गरी किर्तिमान कायम गर्ने व्यक्ति को हुन् ?

मोहम्मद खुर्सिद हुसेन

५) विक्रम संवतको थालनी कसले गरेका हुन् ?

विक्रमादित्य

६) नेपाल मानव विकास प्रतिवेदन २०१४ अनुसार सबैभन्दा उच्च मानव विकास सुचकांक भएको जिल्ला कुन हो ?

काठमाडौं

७) सार्क क्षयरोग तथा एचआइभी,एड्स केन्द्र कहाँ रहेको छ ?

भक्तपुर, नेपाल

८) चन्द्रमाबाट ल्याइएको मेयर बसाल्ट नामक ढुङ्गालाई नेपालमा कहिले प्रदर्शन गरियो ?

वि.सं. २०७० श्रावण

९) विश्व शान्ति र एकता प्रर्वद्धन उद्देश्यलाई परिलक्षित गर्दै नेपालमा पहिलोपल्ट विश्वकै सबैभन्दा ठूलो थान्का कहिले प्रदर्शन गरियो ?

वि.सं. २०६९ असोज १९

१०) म्यानमारकी प्रजातन्त्रबादी नेतृ आङ्साङ सुकीलाई नेपाली जनताका तर्फबाट नागरिक अभिनन्दन कहिले गरियो ?

वि.सं. २०७१ असार १

११) २०१४ जुन १२ देखि जुलाई १३ सम्म ब्राजिलमा सम्पन्न बीसौँ विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेल कुनकुन राष्ट्रबीच भएको थियो ?

ब्राजिल र क्रोएसिया

१२) दोस्रो संविधानसभामा सबैभन्दा ज्येष्ठ सभासद को रहेका छन् ?

थापा

१३) दोस्रो संविधानसभा निर्वाचनपश्चात् संविधान निर्माण एर्व सोसँग सम्बद्ध अन्य कार्यमा सहयोग पुर्याउन संविधानसभामा कतिओटा समिति गठन गरिएको छ ?

१४) सन् २०१४ मार्च ३– ४ मा म्यानमारमा सम्पन्न बिम्स्टेकको तेस्रो शिखर सम्मेलनले संगठनको स्थायी सचिवालय कहाँ स्थापना गर्ने निर्णय गरेको छ ?

ढाका बंगलादेश

१५) टेस्ट क्रिकेटमा सर्वाधिक छिटो १२ हजार रन बनाउने खेलाडी को हुन ?

कुमार संगकारा

१६) स्वतन्त्रता भनेको कानुनको परिधिभित्र रही यावत कुरा गर्न पाउने अधिकार हो । भन्ने विद्धानको हुन् ?

मन्टेस्क्यु