Blog

Kumari Job is the perfect platform if you are looking for jobs and also looking for candidates.

नायब सुब्बा लक्षित लोकसेवाको तयारी ||

कुमारी जबले हालै लोकसेवा सम्बन्धित अध्ययनका लागि विविध प्रश्नोत्तर तयार गर्ने भएको छ | मात्राको रुपमा  जम्मा १७ सेट रहेको छ भन्ने तल उल्लेखित ५ सेट मात्र रहेको छ | १७ सेटलाइ   कुमारी जबले ३ भागमा बिभाजन गरेको छ जुन तपाईहरुले २-२ दिनको फरकमा पाउनुहुन्छ | उल्लेखित सेटहरू नायब सुब्बालाई लक्षित गरी करिब ५०० वटा प्रश्नोत्तर तथा तिनीहरुलाई बिभाजन गरिएको छ |

नायब सुब्बा लक्षित विशेष जानकारी – पहिलो सेट

1. न्युयोर्कमा रहेको कमिटि प्रोजेक्ट जर्नालिस्ट को दण्डहीनता सूचकांक अनुसार नेपाल छैठौ स्थानमा पर्दछ ।
2.पर्वतारोहणको क्षेत्रमा 7500 मिटर भन्दा माथिको क्षेत्रलाई डेथ जोन भनिन्छ ।
3.ओजनतह समतापमण्डलमा पाइने ओजन ग्यासको तह हो ।
4. विश्वकै सबैभन्दा गहिरो गल्छि म्याग्दि जिल्लाको दाना भन्ने ठाँउमा कालिगण्डकी नदीले बनाएको गल्छी हो ।
5. विश्वकै सबभन्दा ठूलो हिराखानि किम्वरखान हो जुन अफ्रिकामा पर्दछ ।
6. उत्तर अमेरिकाको सबैभन्दा होँचोभाग क्यालिफोर्नियाको डेथ भ्यालीहो ।जुन संसारकै सबैभन्दा बढि गर्मी हुने ठाँउ
पनि हो ।
7.विश्वकै लामो पर्वतमाला एन्डिज पर्वतमाला हो जुन दक्षिण अमेरिकामा पर्दछ ।
8. बोलिभियाको लापाज विश्वकै अग्लो स्थानमा रहेको राजधानी हो ।
9. रोस र वेडेल नामका दुइ समुद्र अन्टार्कटिकामा घुसेका समुद्र हुन् ।
10. सबैभन्दा पछि पत्ता लगाईएको महादेश अन्टार्कटिका हो ।
11. रोटिको टोकरी भनेर चिनिने यूरोपेली मुलुक युक्रेन हो ।
12. युरोप र एशियालाइ संयुक्त रुपमा युरेसिया भनिन्छ ।
13. प्रशान्त महासागरको सबैभन्दा गरिरो भाग मारियाना ट्रेन्च हो ।
14. मारियाना ट्रेन्चको गहिराइ 11,776 मिटर छ ।
15. विश्वकै सबैभन्दा ठुलो समुद्र साउथ चाइना सि हो जुन 29,74,600 बर्ग कि मी क्षेत्रफलमा फैलिएको छ ।
16. साढे 23॰ उत्तरी अक्षांशलाइ कर्कट रेखा भनिन्छ ।
17. साढे 23॰ दक्षिणी रेखालाइ मकर रेखा भनिन्छ ।
18. साढे 66॰ उत्तरि अक्षाँशलाइ सुमेरु वृत्त भनिन्छ ।
19. साढे 66॰ दक्षिणी अक्षांशलाइ कुमेरु वृत्त भनिन्छ ॰
20. अक्षाशँमा 60 सेकेन्डको 1 मिनेट हुन्छ भने 60 मिनेटको 1॰ हुन्छ ।
21. 1॰ अक्षांशको फरकमा सरदर 111 किलोमिटर दुरीको फरक पर्दछ ।
22. नेपालको प्रामाणिक समय 86॰15 मिनेट पूर्वि देशान्तरमा पर्ने गौरिशंकर हिमाललाइ आधार मानेर 2042 बैशाख 1
गतेबाट लागू गरिएको हो ।

23. एउटै सतहमा रहेका दुइ स्थानवा वस्तुको दुरीलाई क्षितिज दूरी भनिन्छ ।
24. दुरीको सम्बन्ध अक्षांश संग हुन्छ भने समयको सम्बन्ध देशान्तर संग हुन्छ ।
25. सामान्यतया 7.1 देखि 8.7 रेक्टर स्केलको भुकम्पलाइ बढि विनाशकारी मानिन्छ ।
26. हालसम्मकै ठूलो भुकम्प 1960 मे 22 का दिन चिलीमा गएको थियो जुन 9.5 रेक्टर स्केलको थियो ।
26. वि सं 1890,1990,2045 र 2068 सालमा नेपालमा क्रमश 7.8, 8.4, 6.5 र 6.9 रेक्टर स्केलका भुकम्प गएका थिए ।
27. ज्वारभाटा चन्द्रमाको गुरुत्वाकर्षको कारणले आउँदछ भने सुनामी भुकम्पको कारणले आउँदछ ।
28. पृथ्वीको भित्रिभागमा पग्लेको अवस्थामा रहेको तातो पदार्थ म्याग्मा हो भने ज्वालामुखि बिस्फोटन पछि पृथ्वीको सतहमा आएको म्याग्मा नै लाभा हो ।
29. लाभा निस्कने मार्गलाइ नलि भनिन्छ भने लाभा निस्कने प्वाललाइ क्रेटर भनिन्छ ।
30. ज्वालामुखि सकृय , सुषुप्त र मृत गरी तिन प्रकारका हुन्छन् ।

नायब सुब्बा लक्षित विशेष जानकारी – दोस्रो सेट

1. नेपालमा साना ठूला गरि करिब 6000 वटा नदिहरु छन् ।
2. ठूलो नदिबाट छुटिएर गएको नदीलाइ शाखा नदि भनिन्छ भने मुख्य नदीसंग मिल्ने स साना नदीलाइ सहायक नदि भनिन्छ ।
3. बयलजुरे ताल भनेको नदी बग्दै जाँदा नदीले बाटो परिवर्तन गर्ता विचमा पानी थुनेर बनेको ताल हो ।
4. 6690 किमि लम्बाइ भएको नाइल नदि विश्कै लामो नदि हो भने अमेजन विश्वकै ठूलो नदि हो ।
5. वन्यजन्तु संरक्षण ऐन 2029 ले संरक्षीत वन्यजन्तुको सुचिमा 26 प्रजातीका स्तनधारी, 9 प्रजातीका पंक्षी र 3 प्रजातिका सरिसृपलाइ राखेको छ ।

6. बर्दिया रा . नि . कृष्णसारका लागि प्रख्यात छ भने शुक्लाफाँटा रा . नि . बाह्रसिंगेका लागि प्रख्यात छ ।
7. कोशी टप्पु वन्यजन्तु आरक्ष अर्नाकालागि प्रख्यात छ भने शे – फोक्सुण्डो रा नि तिब्बती खरायोकालागि प्रख्यात छ ।
8. चितवन रा नि एकसिंगे गैडा र घडियालका लागि प्रख्यात छ ।
9. क्षेत्रफलका हिसाबले सबैभन्दा बढि 35 % वन क्षेत्र सुदुरपश्चिमाञ्चल विकास क्षेत्र मा रहेको छ ।
10. क्षेत्रफलका हिसाबले सबैभन्दा कम 25 % वन क्षेत्र पश्चिमाञ्चल विकास क्षेत्र मा रहेको छ ।
11. कुरीलो , सर्पगन्धा , अश्वगन्धा , सतुवा , बोझो , कालो मुस्ली , बकाइनो , किम्बु आदि बनस्पतिको जरा उपयोगी हुन्छ ।
12. भृगराज ,दत्तिवन , पुदिना , गन्धेझार ,पुर्ननवा , दुवो , असुरो ,कण्ठकारी , आकाशवेली, भ्याकुर अदि वनस्पतिको पुरै भाग उपयोगी हुन्छ ।
13. नेपालमा हाल भु-उपयोगी नीति 2069 लागू छ ।
14. नेपालको माटोलाइ मोटामेटि पाँगो , बलौटे पत्थरिलो , रातो फुस्रो ,तलैया र हिमाली माटो गरि 5 भागमा बाँडिएको छ ।
15. नेपालमा हालसम्म सुन उत्खनन् का लागि 41 वटा कम्पनीले अनुमती पाएका छन् ।
16. माछापुच्छ्रे हिमालमा वि सं 2020 फागुन 5 गते आरोहण प्रतिबन्ध लगाइएको थियो ।
17. विश्वकै सबैभन्दा लामो पदयात्रा ‘ग्रेट हिमालयन ट्रेल हो ।
18. ग्रेट हिमालयन ट्रेलको लम्बाइ 4500 कि मि रहेको छ ।
19. सन् 2012 मे 29 मा सोलुखुम्बुमा सम्पन्न 10 औँ तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको पुरुष तर्फको उपाधि फुर्वा तामाङ र महिला तर्फको उपाधि आङफुटी शेर्पाले जितेकी थिइन ।
20. छ वटा चुचुरा भएको हिमाल धौलागिरि हो ।
21. तिब्बति भाषामा सगरमाथालाइ झोमोलोङ्गमा भधिन्छ ।
22. बाबुराम आचार्यले माउन्ट एभरेष्टलाइ सगरमाथा नामाकरण गर्नु अगाडि यसलाइ पन्ध्रौँ चुली भनिन्थ्यो ।
23. नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा हो ।
24. नेपालमा सन् 1949 देखि पर्वतारोहणका लागी खुला गरिएको हो । पहिलो आरोहण प्रयास गरिएको हिमाल
अन्नपूर्ण हो ।
25. सगरमाथा अरोहण गर्ने पहिलो ब्रिटिश ईन्डिया माउन्ट एभरेष्ट एक्स्पिडिशन टिम , दोस्रो स्वीस टिम र तेस्रो चिनिया टिम थियो ।
26. सगरमाथा आरोहणगर्ने पहिलो पत्रकार नर्बेका स्टाइन एसिन हुन् भने नेपाली पत्रकार आङछिरिङ शेर्पा हुन उनी कान्तिपुर दैनिकमा आबद्ध दिए ।
27. ओलम्पिक ज्योतिलाइ वि सं 2065 वैशाख 26 मा सगरमाथाको शिखरमा पुर्याइएको थियो ।
28. सगरमाथा 27॰59′ उत्तरि अक्षांश र 86॰55′ पूर्वी देशान्तरमा पर्दछ ।
29. नेपालमा सबैभन्दा बढि पर्वतारोहण मे महिनामा गरिन्छ ।
30. विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट के टु आरोहण गर्ने प्रथम नेपाली सेरावजाङ्बु शेर्पा हुन्

नायब सुब्बा लक्षित विशेष जानकारी – तेस्रो सेट

1. फेवा तालबाट निस्कने खोला पार्दि खोला हो भने रारा दहबाट निस्कने खोला खत्याड हो।
2. रेडियो नेपालको स्थापना 2007 साल चैत्र 20 गते भएको हो।
3. गंगा जमुना झरना नेपालको धादिङ् जिल्लामा पर्छ।
4. राउटे जातिले बिना गीत बाजा मात्र बजाई सामुहिक रुपमा नाच्ने नृत्यलाई वैशाली नृत्य भनिन्छ।
5. गौतम बुद्द अन्तराष्ट्रिय शान्ति पुरस्कारको राशी 50 हजार अमेरिकी डलर छ।
6. भुमध्ये रेखाले नछुने महादेश युरोप हो।
7. पाँचथरको च्याङथापु देखि बैतडिको झुलाघाट सम्मको मध्यपहाडी मार्गलाई पुष्पलाल लोकमार्ग भनिन्छ।
8. नेपाल खेलकुद परिषद्को स्थापना बि.सं. 2017 सालमा भएको हो।
9. नेपालले विश्व व्यापार संगठनको सदस्यता 23 अप्रिल 2004 मा प्राप्त गर्यो।
10. अन्तराष्ट्रिय जैविक विविधता दिवश डिसेम्बर 29 मा मनाईन्छ।
11. नेपालमा हाल दिइने सबैभन्दा ठुलो राष्ट्रिय सम्मान ” नेपाल रत्न ” हो।
12. कालापत्थरमा मन्त्रीपरिषद्को बैठक 2066 मसिँर 19 गते बसेको थियो।
13. मानव शरीरको सबैभन्दा सानो हाड कानमा हुन्छ।
14. विश्वमा सबैभन्दा बढि HIV सक्रमित भएको देश भारत हो।
15. शिक्षाको सिकाई हुन्छ भने उपचारको निको हुन्छ।
16. काष्ठमाण्डपको निर्माण लक्ष्मि नरसिहं मल्लले गरेका हुन्।
17. पित्ताशय नहुने जीव उँट हो।
18. ” घरमा छैन पिठोको प्वाङ्, बाहिर गर्छ अठार स्वाङ् ” भनेको सुकुलगुन्डो हो।
19. सगरमाथा हिमालको उचाई 29028 फिट छ।
20. नेपालमा मात्र पाईने फुल स्टेलेरिया डिकम्बेन्स हो।
21. बुद्धको शाब्दिक अर्थ ब्युंझेको मान्छे हो।
22. लुम्बिनी भ्रमण वर्ष 2012, 2012 जनवरी 14 मा राष्ट्रपति रामवरण यादवले बिधिवत सुरुवात गरेका हुन्।
23. आकाशबाट खिचेको फोटोलाई एरियल फोटो भनिन्छ।
24. ठुलो बोट बिरुवालाई छाँटकाँट गरेर सानो बनाउने प्रविधिलाई बोन्साई भनिन्छ।
25. मान्छेको टाउकोमा 29 ओटा हाड हुन्छन्।
26. ब्रिटिस उपनिवेशबाट मुत्त हुने पहिलो देश घाना हो।
27. बिश्वको जनसंख्या 7 अर्ब पुगेको दिन 2011 अक्टोबर 31 का दिन हो।
28. 2068 साउन 22 गतेबाट सार्बजानिक स्थलमा धुम्रपान निषेध गरियो।
29. बृहत्तर नेपालको क्षेत्रफल 2,04,917 वर्ग कि.मी. थियो।
30. पृथ्वी प्रतिमिनेट 79 KM को गतिमा घुम्छ।

नायब सुब्बा लक्षित विशेष जानकारी – चौथो सेट

1. औद्योगिक क्रान्तिको सुरुवात बेलायतको कपडा उत्पादन क्षेत्रबाट भएको थियो ।
2. जेम्सवाट ले वाफ बाट चल्ने मेसिन ,हम्फे डेभी ले सेफ्टि ल्याम्प ,मेकडम ले पक्की सडक बनाउने तरिका पत्ता लगाएका थिए ।
3. म नै राज्य हुँ राज्य नै म भन्ने फ्रान्षेली राजा लुइ चौधौ हुन् ।
4. फ्रान्सको राज्यक्रान्ति सन्1789 मा भएको थियो ।
5. नेपोलियन बोनापार्टले कानुनहरुको संकलन र परिमार्जन गरी मुलुकभर लागू गर्न बनाएको कानुनलाई नेपोलियन कोड भनिन्छ ।
6. अमेरिकी स्वतन्त्रता संग्राम सन 1775 मा सुरु भएर सन 1783 मा सकिएको थियो ।
7. भर्साइलको सन्धि पछि बेलायति उपनिवेशबाट अमेरिका मुक्त भए संगै अमेरिकी स्वतन्त्रता संग्राम सकिएको थियो ।
8. अमेरिका स्वतन्त्र हुदा त्यहाँ जम्मा 13 वटा राज्य थिए तर अहिले 50 वटा राज्य छन् ।
9. अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिँटनले अमेरिकी संग्रामको नेतृत्वगरेका थिए ।
10. अक्टोबर क्रान्ति भनेर चिनिने रुसको राज्यक्रान्ती सन्1917 मा भएको थियो ।
11. रुसको राजालाइ जार,रानी लाइ जरिना र संविधानसभा लाई डुमा भनिन्थ्यो ।
12. जुलाइ 28 ,1914 मा अष्ट्रियाले सर्बियामाथि आकर्मण गरि प्रथम विश्वयुद्ध को थालनी गरेको थियो
13. प्रथम विश्वयुद्धको समयमा जर्मनी अष्ट्रिय र हंगेरी सम्मिलित गुट लाई त्रिगुट भनिन्थ्यो ।
14. प्रथम विश्वयुद्धको समयमा फ्रान्स ,रुस र बेलायत सम्मिलित गुट लाई त्रिराष्ट्रियगु ट भनिन्थ्यो ।
15. प्रथम विश्वयुद्धपछि राष्ट्रसंघ को स्थापना 1920 जनवरी 10 मा भएको थियो ।
16. प्रथम विश्वयुद्धमा 36 वटा राष्ट्र सम्मिलित थिए भने नेपालले बेलायतलाइ सहयोग गरेको थियो ।
17. सन्1939 सेप्टेम्बर  1मा पोल्याण्डमाथी जर्मनीले आकर्मण गरेपछी दित्तिय विश्वयुद्ध सुरु भएको थियो ।
18. सन्1945 अगस्ट 9 का दिन जापानको नागासाकीमा अणुबम खसालेपछी सन 1945 अगस्ट 14 का दिन
जापानले आत्मसमर्पण गरेपछि दित्तिय विश्वयुद्ध अन्त्य भएको थियो ।
19. दित्तिय विश्वयुद्धमा फ्रान्स ,बेलायत ,अमेरिका ,रुस , रुमानिया ,आदि सम्मिलित गुटलाई एल्लाइज पावर भनिन्थ्यो ।
20. दित्तिय विश्वयुद्धमा जर्मनी ,इटाली जापान सम्मिलित गुटलाइ धुरी राष्ट्र भनिन्थ्यो ।
21. अमेरिकाले लिटिल ब्वाय नामक अणुबम 1945 अगस्त 6 मा नागासाकीमा खसालेको थियो ।
22. अमेरिकाले फ्याट म्यान नामक अणुबम 1945 अगस्त 9 मा हिरोसिमामा खसालेको थियो ।
23. भारत 1947 अगस्त 15 मा बेलायति उपनिवेशबाट मुक्तभएको थियो ।
24. चर्खा आन्दोलनका सञ्चालक महात्मा गान्धिको हत्या नाथुराम गोड्से गरेका थिए ।
25. भारतबाट 14 अगस्त 1947 मा पकिस्तान छुट्टिएको थियो ।
26. अक्टोबर 27,1947 मा कश्मिर भारतमा विलय भएको घोषणा गरिएको थियो ।
27. जनवरी 26,1950 भा भारत गणतन्त्रात्मक राष्ट्र घोषणा भइ पहिलो गणतन्त्रात्मक संविधान घोषित भएको थियो ।
28. भारतका पहिलो राष्ट्रपति डा . राजेन्त्रप्रसाद हुन् ।
29. सन् 1942 मा महात्मा गान्धीको नेतृत्वमा भारत छोड आन्दोलन भएको थियो ।
30. महात्मा गान्धिलाई भारतका राष्ट्रपिता मानिन्छ ।

नायब सुब्बा लक्षित विशेष जानकारी – पाँचौँ सेट

1. कुन ग्रह पानीमाथी तैरिन सक्छ? = शनी
2. निजामति सेवा ऐन 2049 अन्तर्गत मधेसीलाई कति प्रतिशत आरक्षण सुरक्षीत छ ? = 22%
3. सतार जातिको कुल देवतालाई के भनिन्छ ? = ठाकुर
4. ‘ चिन्हो जान्हो ‘ कुन भाषामा प्रकाशितहुने पत्रिका हो ? = खाम्ची(राउटेले बोल्ने भाषा मा प्रकाशन हुन्छ )
5. वातावरण क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार कुन हो? = Blue Planet Award
6. ५० वर्षदेखि ७५ वर्षको उमेरलाई वर्णाश्रम व्यवस्थानुसार के भनी परिभाषित गरिएको छ ? = वानप्रस्थाश्रम
7. क्षारीय घोलमा फेनोलफथालिनको रङ कस्तो हुन्छ? = पिँक
8. पुवाखोला जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ? = इलाम

9. कलेजोबाट अशुद्ध रगत इन्फेरियर भेनाकाभा भएर मुटुको दायाँ अरिकलसम्म पुग्ने रक्तसञ्चार तलका मध्ये कुन हो? =
Systemic Circulation राष्ट्रसंघीय मानव विकास सूचकाङ्क (HDI) सम्बन्धि जानकारी {

10. एक पूर्णाङ्क रहेको यो अध्ययनमा पहिलो हुने देश नर्वे हो । नर्वेको 0.943 अंक छ ।
11. नेपाल 0.458 अंक सहित 157 औँ स्थानमा छ ।
12. यसको मानक तथा निर्धारक तत्वको रुपमा दीर्घजीवन , शिक्षा , जीवन स्तर समावेश गरिएको हुन्छ ।
13. सबैभन्दा न्युन मानव विकास सूचकाङ्क भएको देश प्रजातान्त्रिक गणत्न्त्र कंगो हो जसको 0.286 अंक छ ।
14. सार्क राष्ट्र मध्य श्रिलंकाको सबैभन्दा धेरै अंक छ । जुन 0.691 अंक सहित 97 औँ स्थानमा छ ।}
15. महानगरपालिका हुनका लागि बार्षिका 40 करोड आम्दानी हुनुपर्छ।
16. ICC T20 विश्वकप 2012 वेष्ट इन्डिजले जित्यो।
17. नेपालको राष्ट्रिय जनगणना अनुसार सबैभन्दा कम जनसंख्या भएको जाति कुसुण्डा हो।
18. सार्क सचिवालयको खर्च दोस्रो धेरै हिस्सा बिहोर्ने देश पाकिस्तान हो।
19. सुर्यको प्रकाश पृथ्वीमा आइपुग्न 499.012 सेकेण्ड लाग्छ।
20. लण्डन स्थित ग्रिनवीचको समय नाप्ने घडिलाई क्रोनोमिटर भनिन्छ।
21. Sinology भन्नाले चीन देश सम्बन्धी अध्ययनलाई जनाउँछ।
22. नेपाल आउने प्रथम अंगेज कर्क प्याट्रिक हुन्।
23. धरहरा भित्र 213 खुट्किला छन्।
24. नेपालमा 3 संवत् अकिँत मुद्रा वि.सं. 2043/08/12 मा निष्काशित भएको थियो।
25. म्याग्नाकार्टामा हस्ताक्षर सन् 1215 जुन 15 मा भएको थियो।
26. लिच्छवीकालमा अमात्य भन्नाले मन्त्रीलाई बुझाउँथ्यो।
27. रु. 2 को नोट निष्काशन सर्वप्रथम बि.सं. 2038 बैशाक 14 गते भएको हो।
28. EU को स्थापना सन् 1957 मार्च 25 मा भएको हो।
29. नेपालको हालको प्रमाणिक समय बि.सं. 2042 वैशाक 1 गतेबाट लागु भएको हो।
30. सिजिमे ताल ताप्लेजुङमा पर्दछ।

     क्रमश :