Blog

Kumari Job is the perfect platform if you are looking for jobs and also looking for candidates.

लोक सेवा आयोगको विज्ञापन, ३५ सय भन्दा बढीलाई सरकारी जागिरको अवसर

काठमाडौँ – लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ चौथो तह अन्तर्गत अनमी, अहेव, ल्याव तथा आयुर्वेद तर्फको बैद्य पदमा खुल्ला तथा समावेसी तर्फ विज्ञापन प्रकाशित गरेको छ । देशैभरका क्षेत्रीय तथा अञ्चल कार्यालयबाट सम्वन्धीत क्षेत्रका लागि दरखास्त हाल्न सकिनेछ । परीक्षा आगामी २१, २२ र २३ जेठमा सञ्चालन हुने आजको गोरखापत्रमा प्रकाशित सूचनामा जनाइएको छ ।

लोक सेवा आयोगले रिक्त पद संख्या ३५ सय भन्दाका लागि दरखास्त आहवान गरेको छ !यस अन्तर्गत नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्मका लागि यो सूचना प्रकाशित गरेको हो।
सोहि अनुरुप पुर्वाञ्चल क्षेत्रीय निर्देशनालय , धनकुटाका लागि पद संख्या २७७, सगरमाथा अञ्चल कार्यालय दिक्तेलका लागि १९५, मध्यमान्चल क्षेत्रीय निर्देशनालय , कमलपोखरीका काठमाडौँका लागि पद संख्या २१८, जनकपुर अञ्चल कार्यालय, जलेश्वॊरका  लागि ४७७ , नारायणी अञ्चल कार्यालय हेटौडाका लागि २४०, त्यसैगरी पश्चिमान्चल क्षेत्रीय निर्देशनालय पोखराका लागि २९०, लुम्बिनी अञ्चल बुटवलका लागि ४३१, धौलागिरी अञ्चल कार्यालय बाग्लुङ्गका  लागि १४२ , मध्यमान्चल क्षेत्रीय निर्देशनालय , सुर्खेतका लागि १६४, राप्ती अञ्चल कार्यालय, तुलसीपुर दाङका लागि १९०,  कर्णाली अञ्चल कार्यालय जुम्लाका लागि १५०, सुदुरपश्चिम क्षेत्रीय निर्देशनालय दिपायलका लागि २१२ र महाकाली अञ्चल कार्यालय, महेन्द्रनगरका लागि ६४ पद संख्या पदपूर्तिको सूचना जारी गरिएको छ।
http://www.psc.gov.np/uploads/201604061459918584.pdfयस बारे थप जानकारिको लागी http://www.psc.gov.np/uploads/201604061459918584.pdf