प्रमुख कार्यकारी अधिकृत
Administrator

Position: प्रमुख कार्यकारी अधिकृत (Newspaper Job)

  • No. of Openings 1
  • Category General Mgmt. / Administration
  • Job Location 1
  • Job Level Top Level
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Mar 04, 2021 (Expired)
Job Description

श्री हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पद खुल्ला प्रतिस्पर्धाद्वारा पूर्ति गर्नु पर्ने भएकोले देहायका शैक्षिक योग्यता,उमेर र अनुभव हासिल गरेका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन १५औं दिनमा सार्वजनिक विदा परेमा सो को भोलिपल्ट) भित्र कार्यालय समयमा यस कम्पनीको कार्यालय, हात्तीसार, काठमाण्डौमा तोकिएको ढाँचामा रीतपूर्वकको दरखास्त पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 

१. न्यूनतम शैक्षिक योग्यता र कार्य अनुभव : 

  • मान्यता प्राप्त विश्वविद्यालयबाट जनप्रशासन वा व्यवस्थापन वा व्यापार वा वित्त वा अर्थशास्त्र वा इञ्जिनियरिङ्ग वा कानूनमा वाणिज्य वा कम्पनी कानून विषय लिई प्रथम श्रेणीमा स्नातकोत्तर गरेको र बैकिङ्ग वा वित्तीय वा कोष व्यवस्थापन वा ईञ्जिनियरिङ्गका क्षेत्रमा कम्तीमा अधिकृत द्वितीय वा वरिष्ठ प्रवन्धक तहमा वा नेपाल सरकारको राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको पदमा कम्तीमा सात वर्षको अनुभव प्राप्त गरेको, वा 
  • मान्यता प्राप्त विश्वविद्यालयबाट प्रथम श्रेणीमा स्नातक उपाधि हासिल गरी चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सदस्यता प्राप्त गरेको र नेपाल सरकारको वा सङ्गठित संस्थाको अधिकृतस्तरको पदमा चार्टर्ड एकाउन्टेन्सी सम्बन्धी काममा कम्तीमा दश वर्षको कार्य अनुभव हासिल गरेको । 

२. उमेरः दरखास्त दिने अन्तिम मितिमा पैंतीस वर्ष उमेर पूरा भएको र पचपन्न बर्ष ननाघेको । 

३. दरखास्त फारमको ढाँचाः दरखास्त फारमको ढाँचा कम्पनीको वेबसाइट www.hidcl.org.np बाट डाउनलोड गर्न सकिनेछ । 

४. दरखास्त दस्तुरः उम्मेदवारले दरखास्त साथ दरखास्त दस्तुर वापत रु. २,५०० (दुई हजार पाँच सय मात्र) कम्पनीको एभरेष्ट बैंक लिमिटेड, सिंहदरबार शाखामा रहेको खाता नं ००१००१०५२०१०९८ मा बुझाएको भौचर पेश गर्नु पर्नेछ। 

५. अयोग्यता: देहायको कनै अयोग्यता रहेको व्यक्तिले दरखास्त दिन पाउने छैन । दिएको भए निजको दरखास्त स्वीकत हने छैन :

  • गैरनेपाली नागरिक, 
  • नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहको स्वामित्व भएको संस्था, सङ्गठित संस्था, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट भविष्यमा सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त भएको, 
  • भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, बैंकिङ्ग कसूर वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएको, 
  • तोकिएको न्यूनतम योग्यता नपुगेको, 
  • साहुको दामासाहीमा परेको, 
  • कीर्ते वा जालसाजीको आरोपमा सजाय पाएको, 
  • कुनै कम्पनीको बहालवाला सञ्चालक रहेको (आफू कार्यरत संस्थाबाट पदीय हिसाबले प्रतिनिधित्व गरी सञ्चालक मनोनित भएको अवस्थामा बाहेक), 
  • मानसिक सन्तुलन ठीक नभएको, 
  • कम्पनीको कुनै पदमा निलम्बनमा रहेको, 
  • नसिहत पाएकोमा सो पाएको मितिले एक वर्ष र तलबवृद्धि रोक्का भएकोमा सो रोक्का रहेको अवधि ब्यतित नभएको, 
  • विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमतिको लागि आवेदन दिएको, 
  • तत्काल कुनै राजनीतिक दलको सदस्य रहेको, 
  • कम्पनीसँग आफ्नो वा आफ्नो परिवारको सदस्यको निजी स्वार्थ भएको, (ढ) आफ्नो नाममा व्यक्तिगत बेरुजु तथा सरकारी बाँकी रहेको र कर चुक्ता नगरेको, 
  • बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी वा प्रचलित कानून बमोजिम कालो सूचीमा परेको,
  • प्रचलित कानून बमोजिम अयोग्य रहेको। 

६. दरखास्तसाथ पेश गर्नुपर्ने कागजात तथा विवरणहरुः 

  • कागजातः नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र व्यवसायिक कार्य अनुभव प्रमाणित हुने कागजातको प्रतिलिपिहरुको प्रत्येक पानामा उम्मेदवार आफैले सक्कल बमोजिम नक्कल ठिक छ भनी प्रमाणित गरी प्रतिलिपि पेश गर्नु पर्नेछ । विदेशी शिक्षण संस्थाबाट कुनै शैक्षिक उपाधि हासिल गरेको उम्मेदवारको हकमा सो सरहको समकक्षता पत्र (Equivalence Letter) समावेश गर्नु पर्नेछ । उम्मेदवार यदि कुनै निकायमा कार्यरत रहेको भए प्रमुख कार्यकारी अधिकृतको पदमा दरखास्त दिन आफू कार्यरत निकायबाट पूर्व स्विकृति पत्र (No Objection Letter) समेत पेश गर्नु पर्नेछ । 
  • विवरणः शैक्षिक योग्यता, अनुभव, सम्पर्क ठेगाना (इमेल, टेलिफोन, मोबाईल नम्बर, घर र कार्यालय भए सोको ठेगाना) सहितको विस्तृत वैयक्तिक विवरण ( बायोडेटा), सूचनाको बँदा नं. ५ मा उल्लेख भए बमोजिम कुनै पनि अयोग्यता आफमा नरहेको भनी उम्मेदवार स्वयंले घोषणा गरी हस्ताक्षर गरेको स्वघोषणा कागज, सूचनाको बुदा नं ७ मा उल्लेख भए बमोजिमको व्यवसायिक कार्य योजना तीन प्रति। 

७. ब्यवसायिक कार्ययोजनाः 

(१) उम्मेदवारले आफ्नो दरखास्त साथ देहायका विषयहरु समेटी अंग्रेजी टाईम्स न्यू रोमन फन्ट भए दश वा नेपाली युनिकोड फन्ट भए बाह्न साईजमा यस कम्पनीको व्यावसायिक रणनीति सहितको कार्ययोजना (Business Plan) नेपाली वा अंग्रेजी भाषामा तयार गरी सोको तीन प्रति अलग अलग खाममा सिलबन्दी गरी बन्दबन्दमा सहिछाप गरी पेश गर्नु पर्नेछ :

  • जलविद्युतमा लगानी तथा विकासको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिदृश्यःजलविद्युतको लगानी तथा विकासको अन्तर्राष्ट्रिय परिदृश्य तथा नेपालको विद्यमान अवस्थाको विश्लेषण, जलविद्युत क्षेत्रमा लगानी र विद्युत विकास आयोजना विकासको अन्तर्राष्ट्रिय अभ्यास, नेपालमा जलविद्युत क्षेत्रमा लगानी र विद्युत आयोजनाको आवश्यकता, सम्भावना र चुनौती, लगानीकर्ताहरुको कार्य अभ्यासको बिश्लेषण जलविद्यत क्षेत्रमा लगानीका स्रोतहरु जलविद्यत क्षेत्रमा निजिक्षेत्रको लगानीको प्रबत्ति जलविद्यत आयोजना विकासका सवल एवं दुर्वल पक्ष र भावी कार्यदिशा, लगानी जोखिम विश्लेषण र त्यसका उपकरणहरुको प्रयोग, जलविद्युत व्यापार योजना (ट्रेडिङ्ग स्किम, पावर ट्रेडिङ्ग एग्रिमेन्ट) । 
  • कार्ययोजनाः हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको ऐतिहासिक पृष्ठभूमी, कम्पनीको रणनीतिक योजनाको अवधारणा, संस्थागत सुशासन, विद्युतीय प्रणालीको प्रयोग,आधुनिकीकरण, सम्पत्ति व्यवस्थापन, जोखिम विश्लेषण तथा व्यवस्थापन, उत्पादकत्व अभिवृद्धि, प्रतिस्पर्धात्मक क्षमतामा अभिबृद्धि, मानव संशाधन व्यवस्थापन, प्रशासकीय खर्च व्यवस्थापन र कम्पनीको सवल, दुर्वल पक्षएवं चुनौती र अवसर विश्लेषण (स्वट एनालाइसिस) र सुधारको योजना, पूँजि संकलन, श्रोत परिचालन, लगानी बृद्धि तथा व्यवस्थापन, बजार प्रतिस्पर्धा विश्लेषणका आधारमा कम्पनीको व्यवसाय तथा प्रतिशेयर आम्दानी तथा मूनाफा अभिबृद्धि गर्ने समयसारिणी सहितको कार्ययोजना (एक्सन प्लान)। 
  • प्रक्षेपित वित्तीय विवरण: प्रस्तावित कार्य योजनाका आधारमा कम्पनीको आगामी चार वर्षको प्रक्षेपित वित्तीय अवस्थाको विश्लेषण (प्रोजेक्टेड फिनान्सियल स्टेटमेन्ट्स)। 

(२) ब्यवसायिक कार्ययोजना तयार गर्दा प्रत्येक प्रतिको कभरपृष्ठ पछिको पहिलो पृष्ठमा उम्मेदवारको नाम, थर, ठेगाना मात्र लेखी अन्य कुनै पनि पृष्ठमा आफ्नो पहिचान खुल्ने अक्षर, अङ्क वा संकेत कुनै कुरा लेख्नु हुँदैन । त्यसरी लेखेको पाईएमा त्यस्तो कार्ययोजना मूल्याङ्कनमा समावेश गरिने छैन । 

८. दरखास्त स्वीकृत नगरिने सूचनाको बुंदा नं. ६ बमोजिम पेश गर्नु पर्ने कागजात मध्ये कुनै कागजात पेश नगरेको वा रीतपूर्वक नरहेको दरखास्त स्वीकृत गरिनेछैन । 

९. छनौट प्रकृयाः प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति सम्बन्धी कार्यविधि, २०७७ को दफा ६ मा उल्लिखित अङ्क भारलाई छनौटको आधार मानिनेछ । यसका लागि सोही कार्यविधिको दफा ७ अनुसारको प्रकृया अवलम्बन गरिने छ। 

१०. पदावधिः प्रमुख कार्यकारी अधिकृतको पदावधि निजसँग गरिने कार्यसम्पादन सम्झौताको अधीनमा रही बढीमा चार बर्षको हुनेछ । कार्य सम्पादन वापत बार्षिक कार्यसम्पादनको पचास प्रतिशत भन्दा बढी अङ्क प्राप्त गर्न नसकेको अवस्थामा सञ्चालक समितिले निजलाई जुनसुकै बखत कम्पनीको सेवावाट पदमुक्त गर्न सक्नेछ । तर त्यसरी पदमुक्त गर्नु अघि निजलाई सफाई पेश गर्ने मनासिव मौका दिईनेछ । 

११. प्रमुख कार्यकारी अधिकृतको कार्यक्षेत्रगत शर्तहरु: प्रमुख कार्यकारी अधिकृतको कार्यक्षेत्रगत शर्तहरु कम्पनीको नियमावली, प्रबन्धपत्र, कम्पनी सञ्चालनका नीतिगत आधारहरु तथा कम्पनीको विभिन्न विनियमावली र नियुक्ति पश्चात निजसँग गरिने कार्यसम्पादन सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ । अन्य कार्यक्षेत्रगत शर्तहरु सञ्चालक समितिले समय समयमा तोके बमोजिम हुनेछ। 

१२. प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक तथा अन्य सुविधाः प्रमुख कार्यकारी अधिकृतले पाउने मासिक पारिश्रमिक तथा अन्य सुविधा कम्पनीको सो सम्बन्धी विनियमावलीमा उल्लेख भए बमोजिम र कार्यसम्पादन सम्झौता बमोजिम हुनेछ।

 

This job has been expired on 2021-03-04
Share: