रोजगार संयोजक
Administrator

Position: रोजगार संयोजक (Newspaper Job)

  • No. of Openings 1
  • Category NGO/INGO/Social/Develop.Projects
  • Job Location 26
  • Job Level Junior Level
  • Job Type Contract
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Mar 10, 2021 (Expired)
Job Description

यस छथर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनकालागि रोजगार संयोजकको पदपूर्ति तथा सेवा सृविधा सम्बन्धी मापदण्ड, २०७६ बमोजिम रोजगार संयोजक (छेटो तह) सेवा करारमा पदपूर्ती गर्नुपर्ने सन्दर्भमा यस गाउँपालिकाको कार्यालयको मिति २०७६।१०।१२ गते प्रथम पटक प्रकाशित सूचना अनुसार रितपूर्वक पर्न आएका आवेदनहरु यथावत कायम राखी पुन:तपसिल बमोजिमको योग्यता पुगेका इच्छुक उम्मेद्धारहरुलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिन (२०७७।११।२५) भित्र कार्यालय समयमा मापदण्डको अनुसूचि-१ बमोजिम रीतपूर्वक फाराम भरी दरखास्त पेश गर्नुहुनयो सूचना प्रकाशन गरिएको छ। 

विज्ञापन नं.: ०२-०७७/०७८(PMEP) 
पद: रोजगार संयोजक
तह: स्थानीय सेवाको  छैटौं तह सरह
संख्या:

१. आवश्यक न्यूनतम योग्यता :
क) मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक वा सो सरह उत्तिर्ण गरको।
ख) दरखास्त दिने मितिमा २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको।
ग) भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरि कुनै कारवाही नभएको।
घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको । 

२. करार अवधि : २०७८ साल असार मसान्त सम्म (नविकरण हुन सक्ने) 

३. तलब भत्ता तथा सेवा सुविधा : नेपाल सरकारको प्रचलित नियम अनुसार 

४. आवश्यक कागजातहरु :

  • नेपाली नागरिकताको प्रमाणपत्रको पमाणित प्रतिलिपी - १ थान 
  • पासपोर्ट साइजको फोटो -२ प्रति 
  • शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपी १/१ थान 
  • कार्य अनुभव र तालिम भए सोको प्रमाणपत्र प्रतिलिपी-१ थान (योग्यता तथा अनुभवको प्रमाणपत्र उम्मेदवार स्वयंमले हस्ताक्षर सहित प्रमाणित गरी अनुसूची १ र २ बमोजिमको दरखास्त साथ पेश गर्नुपर्नेछ।) 

५. आवेदन दस्तुर : रु. १०००/- (अक्षरेपी एक हजार मात्र।) यस छथर गाउँपालिकाको नेपाल बङ्गलादेश बैंक लिमिटेडमा रहेको छथर गाउँपालिकाको आन्तरिक राजश्व खाता नं.०५३०००११४१ ग.१.१ मा जम्मा गरी सक्कले भोचर पेश गर्ने वा गाउँपालिकाको राजश्व शाखामा आम्दानी रसिद काटी नगद जम्मा गरेको सक्कल रसिद पेश गर्ने । 

६. परीक्षाको किसिम : लिखित र कम्पप्यूटर सीप परीक्षण। 

७. प्रारम्भिक योग्यताको सूची प्रकाशन, लिखित परीक्षा, कम्प्यूटर सीप परीक्षण, मौखिक परीक्षा कार्यक्रमको मिति अर्को सूचनामा प्रकाशन गरिनेछ। 

८. प्रारम्भिक योग्यताको सूचिमा छनौटको लागि स्थानीय बासी, न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो शेक्षिक योग्यता भएका र कार्य अनुभव भएका उम्मेदवारलाई पहिलो प्राथमिकता दिईनेछ। साथे संक्षिप्त सूचिमा पर्न सफल उम्मेदवारलाई मात्र लिखीत परीक्षा र कम्प्यूटर सीप परीक्षणमा समावेश गराईनेछ। 

९. मिति २०७६।१०।१२ गते प्रकाशित सूचना बमोजिम दरखास्त बमोजिम दरखास्त दिने आवेदकहरुको आवेदन फाराम यथावत कायम राखी सोही आवेदनको आधारमा परीक्षाको कार्यक्रममा गराईनेछ।

 

This job has been expired on 2021-03-10
Share: