फेरी अर्को बिमान दुर्घटना

फेरी अर्को बिमान दुर्घटना

Feb 26, 2016

१४ फागुन, काठमाडौं । एयर काष्ठमण्डपको विमान कालिकोटमा दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना छन् ।विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा चिलखाया गाविस २ मा दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठले अनलाइनखबरसँग भने-बलपूर्वक अवतरण गर्ने क्रममा अगाडिको भाग खेतमा जोतिएको छ । त्यसले पाइलट र कोपाइलटको मृृत्यु भएको देखिन्छ ।’

नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमानमा ११ जना थिए । विमान १२ बजेर २७ मिनेटमा नै सम्पर्कविच्छेद भएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरु मध्ये एकको अवस्थामा गम्भीर छ ।

प्रजिअ श्रेष्ठका अनुसार अहिले एयर काष्ठमण्डपको विमान र नेपाली सेनाको हेलिकोप्टर जाँदैछ ।

Today's Plane Crash info as per Eyewitness " Pumfa Shai " :-
जहाजमा प्राविधिक खराबी महापुको लेकबाट नै देखिएपछि यात्रुहरु आत्तिएर सलबलाउन थालेपछि पाइलटले तपाईहरु नआत्तिनोस हामी तापाईहरुलाई बचाउँछौ बनेर यात्रुहरुलाई सान्त्वना पार्ने प्रयास गरेका थिए ।
अन्त्यमा पाईलटले चिलखायाको एउटा गहुँ लगाएको बारी काकस्मिक अवतरण गरे ।
अवतरण पश्चात ककपीटको अघिल्लो भागले पाईलटहरुको खुट्टा च्याप्यो । स्थानीय गाउँलेहरुले उद्वार गर्दा गर्दै पाईलटले संसारबाट विदा लिए । अरु दुई जना यात्रुहरु मुर्छित अवस्थामा थिए, अहिले होसमा आएका छन् । अरु यात्रुहरु सामान्य अवस्थामा छन् र कुराकानी पनि गर्छन्। अहिले सम्म घाईतेहरुको हवाई उद्वार हुन सकेको छैन । स्थानीय मानिसले मलम पट्टी लगाउने प्रयास गरेका छन् !

Source:Agency

Loading Comments...

Submit your comments