राष्ट्र बैङ्कमा अधिकृतको परीक्षा चैत १७ बाट ||

Mar 28, 2016

काठमाडौं । डेपुटी गभर्नर नभएर पुर्वनिर्धारित परीक्षा स्थगित गरेको नेपाल राष्ट्र बैंकले चैत १७ गतेबाट परीक्षा सञ्चालन गर्ने भएको छ । राष्ट्र बैंकले सहायक निर्देशकका लागि आवेदन माग गरेर प्रारम्भिक परीक्षा सञ्चालन गरेपनि पदपुर्ति समितिका संयोजक नभएका कारण दोस्रो चरणको परीक्षा स्थगित गरेको थियो । राष्ट्र बैंकले अधिकृतस्तरमा ३१ जना कर्मचारी माग गरेको थियो । राष्ट्र बैंकले प्रशासन सेवातर्फ चार्टर्ड एकाउन्टेन्टका लागि ६ जना र प्रशासउन सेवातर्फ नै स्नातकोत्तर गरेकाका लागि २५ जना कर्मचारी माग गरेको थियो । डेपुटी गभर्नर नहुँदा परीक्षा स्थगित भएको थियो । दुई साताअघि सरकारले डेपुटी गभर्नर नियुक्त गरेपनि राष्ट्र बैंकले आफ्ना नियमित कामलाई फेरि सुरुगरेको हो । विषयगत परीक्षा चैत १७ गतेबाट हुने छ भने चार्टर्ड एकाउन्टेन्टका लागि हुने परीक्षा २४ गते हुने छ ।

Loading Comments...

Submit your comments