कृषि विकास बैंक विर्तामोड शाखाले मात्रै कमायो पौने २ करोड नाफा

Jan 30, 2016

कृषि विकास बैंक (ADBL)  विर्तामोड शाखाले चालु आवको छ महिनामा रु एक करोड ७० लाख ९० हजार नाफा गरेको छ । यो अघिल्लो आवको भन्दा ३७ प्रतिशतले बढी हो । अघिल्लो आवको यही अवधिमा बैंकले रु एक करोड २४ लाख ४४ हजार नाफा गरेको थियो । बैंकका शाखा प्रमुख विनोद कोइरालाले बैंँकले कृषि क्षेत्रमा सबैभन्दा बढी रु १४ करोड २४ लाख लगानी गरेको बताए । चालु आवको यो अवधिसम्ममा बंैकले रु ४० करोड ६८ लाख लगानी गरेको छ ।
कृषि क्षेत्रमा बिना परियोजना रु १० लाखसम्म न्यूनतम ब्याजदरमा बैंकले लगानी गर्दै आएको छ । यो सेवाबाट जिल्लाका ५१ जना कृषक लाभान्वित भएका छन् । उनीहरुका लागि बैंकले सरल कृषि कर्जा अन्तर्गत १० प्रतिशत ब्याजदरमा रु दुई करोड २७ लाख लगानी गरेको छ ।

बैंकका २३ जना जमानत ग्राहक रहेका छन् । उनीहरुका लागि बैँंकले रु दुई करोड २० लाख लगानी गरेको छ । सेवाग्राहीका लागि अन्य बैँंक भन्दा कृषि विकास बैँंकले सेवा शुल्क न्यून लिने गरेका कारण यो सेवाबाट यहाँका धेरै कृषक लाभान्वित भएका हुन् । बैँंकले सूचना प्रविधिमा आधारित अत्याधुनिक बैंकिङ प्रणालीबाट देशभरका १२१ शाखा कार्यालयबाट एबीबीएस सेवा दिइरहेको कोइरालाले जानकारी दिए ।

‘‘निकट भविष्यमा एटिएम, लकर जस्ता सेवा विस्तार गर्न लागेका छौँ” उनले भने । अहिले बँैंकले ज्येष्ठ नागरिकका लागि पनि सेवा प्रदान गर्दै आएको छ । ज्येष्ठ नागरिकका लागि नगरपालिकासँग सहकार्य गर्दै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको बताइएको छ । बैँंकले पछिल्लो समयमा सरकारका स्थानीय निकायका लागि नयाँ सेवा विस्तार गरेको छ ।

बँैंकका आठ हजार ५०० निक्षेप ग्राहक रहेका छन् भने उनीहरुको निक्षेप रु ३० करोड बैँंकले सुरक्षण गरेर राखेको बताइएको छ । 

Loading Comments...

Submit your comments